नाशा मुक्तका बक्तृत्वकला प्रतियोगिता

  • प्रकाशित मितिः जेठ २, २०७५
  • 714 पटक पढिएको
  • मधेश स्पेशल

सुखीपुर समाचारदाता सुखीपुर (सिरहा) । सुखीपुर नगरलाई नाशा मुक्त अभियान अन्र्तगत श्री राम जानकी (प्राविधिक तथा ब्यबसायिक ) माध्यमिक विद्यालय छजना सुखीपुर नगरपालिका २ मा बक्तृत्वकला प्रतियोगिता बुधवार सम्पन्न भएको छ । नगर सुधार समिति सुखीपुरको आयोजित “नशा मुक्त नगर स्वस्थ्य नगर” शिर्षक रहेको बक्तृत्वकलामा कक्षा ९ मा अध्यनरत विवेक दास प्रथम , कक्षा ९ कै संतोष यादब द्धितिय तथा कक्षा ८ मा अध्यनरत गरीमा पुष्प तृतिय भएकी छिन् । विद्यालयका ११ जना छात्र–छात्राहरु सहभागी रहेका थिए । कार्यक्रममा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई शब्द कोष वितरण गरिएको थियो । कार्यक्रमको विशिष्ठ अतिथी विद्यालयका प्रअ राम प्रताप यादब, ,अतिथीहरुमा स्वास्थ्य चौकीका प्रमोद यादब, शिक्षक अभिभावक संघका राम सरोवर यादब, निर्णायक टिममा राम उदगार यादब, हबिब राईन, ईन्ज्रजित कुमार यादब र जितेन्द्र यादब रहेको कार्यक्रममा अध्यक्षता कार्यक्रमका अध्यक्षता नगर सुधार समितिका अध्यक्ष विपी भुवन यादब को सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस


Copyright © 2017 - Madheshspecial.com All rights reserved