बिहे गरेको ७२ घण्टासम्म ट्वाइलेट जान नपाइने

  • प्रकाशित मितिः पुष 8, 2074
  • मधेश स्पेशल
  • 794 पटक पढिएको

शनिबार ०८, पुष २०७४: यो संसार मानिसका विविध संस्कृतिको चिडियाघर पनि हो । यहाँ असंख्य संस्कार भएका मानिस बस्छन् । यिनीहरुको संस्कार अन्यलाई विचित्रको लाग्छ । विवाह गर्ने संस्कार पनि विभिन्न समुदायमा विचित्रकै छन् । यहाँ हामीले केही अनौठा बिहे संस्कारका विषयमा जानकारी प्रस्तुत गरेका छौँ :

मलेसियाको एक समुदायमा निकै अनौठो बिहे संस्कार छ । उक्त परम्परा अनुसार बिहेको ७२ घण्टासम्म शौचालय जान पाइँदैन । सामाजिक मान्यता अनुसार यसरी शौचालय जान बन्देज लगाउने चलनले गर्दा वर बधुमा भविष्यमा सहने शक्तिको वृद्धि हुन्छ । जसले धेरै समयसम्म ट्वाइलेट जानबाट आफुलाई रोक्न सक्यो उसको भविष्य उत्ति नै उज्वल हुने मान्यता रहिआएको छ ।

डेनमार्कमा पनि विचित्रकै बिहे संस्कार छ । त्यहाँ बिहेका बेला दुलाहा दुलही दुबैले लगाएका मोजाको अघिल्लो भाग काटिदिने चलन छ । यसरी मोजा काटेर औँला देखाइदिनुको अर्थ के रहेछ भने अब ती दुइ वर बधुको जिन्दगीका एक अर्का बाहेक अरु कुनै महिला पुरुषको लागि ठाउँ छैन ।

अमेरिकाका केही अफि्रकी मूलका मानिसहरुमा पनि अचम्मकै बिहे संस्कार रहेको पाइन्छ । बिहे सम्पन्न भएपछि बेहुला बेहुलीले काठको लौरो नाघ्ने चलन छ । दुइ जना मानिसले दुइ छेउँबाट लट्ठी समातेका हुन्छन् र सोही लट्ठीलाई बेहुला बेहुलीले एकैचोटी उफ्रेर नाघ्छन् ।

अफि्रकामा बिहेका लागि युवतीलाई मोटी बनाउने चलन छ । छोरी पाँच वर्षकी भए देखिनै मोटी बनाउन बाबु आमा कस्सिन्छन् । अफि्रकाका केही आदिवासी समूदायमा रहेको यो संस्कार अन्तरगत मोटी युवतीलाई लच्छिनको प्रतिकका रुपमा लिइन्छ ।

मेक्सिकोमा पनि एउटा अनौठो संस्कार छ । जहाँ बिहेको दिन दुलहीलाई सहरका गल्लीमा पैदलै घुमाइन्छ ।

रुसमा बिहेको कुरा चलाउन जाँदा खेरि नै बैना गर्नुपर्ने चलन छ । बिहे अघि केटाले केटीसँग भेट्दा केही पैसा दिनुपर्छ, पैसा दिएर मात्र हुँदैन । केटीपक्षले केटालाई केही समस्या दिन्छन् । ती समस्या समाधान गरेपछि मात्र केटाले केटी भेट्न पाउँछ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६