गाउँका प्रत्येक नागरिकलाई शिक्षित बनाउने : अध्यक्ष केदार नाथ यादब

  • प्रकाशित मितिः बैशाख २८, २०७५
  • 424 पटक पढिएको
  • मधेश स्पेशल

रोयाण्टर मण्डल
सिरहा / शिक्षा नै विकासको मुल एजेन्डा भएकोले शिक्षामा जोड दिन सम्पूर्ण अभिभावक , शिक्षक र समाजसेवीलाई सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदार नाथ यादबले आग्रह गर्नुभयो ।
श्री राष्ट्रिय आधारभुत विद्यालय खैरबोनाद्धारा आयोजित विद्यार्थी भर्ना अभियान कार्यक्रममा उहाँले गाउँपालिकाको विकास गर्न शिक्षामा जोड दिनुपर्छ । सबै विकासको मुल अधार शिक्षा क्षेत्र रहेको छ । शिक्षा नभएका मान्छे पशुतुल्य बराबर रहेकोले अब गाउँका प्रत्येक नागरिकलाई शिक्षित बनाउने अभियान चलाउनुु पर्छ र गाउँका एक जना बालबालिका पढाईबाट बचिंत नहोस भन्दै सम्पुर्ण अभिभावकलाई आ–आफना बालबालिकालाई विद्यालयमा भर्ना गराउन समेत अध्यक्ष यादबले भन्नुभयो ।
उहाँले थप्दै भने –“म आफु स्वयम २ दलित बालबालिकाको अभिभावक बनी विद्यालयमा भर्ना गराए । दुवैजनालाई कक्षा १२ सम्म पढाउनका लागि सम्पुर्ण खर्च ब्यहोर्ने छौ । आफु पदमा नरहेपनि उनीहरु शिक्षाबाट बचिंत हुने छैनन् । ”
पढेर एउटा मान्छे असल काम गरे भने समाजकै मान मर्यदा उच्च हुन्छन् । जुन समाजमा निरक्षरको संख्या बढी रहेकोछ भने सो समुदायमा विकास गर्न धेरै समय लागने गरेकोले यस गाउँपालिका स्वास्थ्य क्षेत्रमा जुन अनुसार जिल्लामै नाम कमाईएको छ । सोही अनुसार शिक्षा क्षेत्रमा पनि जिल्लाकै नमुना बन्नुपर्ने प्रशासकीय प्रमुख अधिकृत रमेश कुमार साहले बताउनुभयो ।
आयोजित विद्यार्थी भर्ना कार्यक्रममा दुर्गा नन्द यादब, प्रियंका कुमारी यादबलाई गाउँपालिकाका अध्यक्ष केदार नाथ यादब र प्रशासकीय प्रमुख अधिकृत रमेश कुमार साहले फूल मला लगाई भर्ना गराउनुभयो । कार्यक्रममा सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रमेश यादब र विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष द्धारिका प्रसाद यादबले शिक्षा सुधारका बोल्नुभएको श्री राष्ट्रिय आधारभुत विद्यालय खैरबोनाको प्रधान अध्यापक अनरुद्ध प्रसाद यादबले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस


Copyright © 2017 - Madheshspecial.com All rights reserved