क्यालेण्डरमा पूर्वेली सुन्दरीहरु

  • प्रकाशित मितिः बैशाख २७, २०७५
  • 68 पटक पढिएको
  • मधेश स्पेशल

धरान/ सिल्भर इन्टरटेनमेन्टले बुधबार धरानको बराह किचेनमा आयोजित एक समारोहको आयोजना गरि चेसुंग वाइनको सहकार्यमा यो बर्ष को क्यालेन्डर सार्वजनिक गरेको छ ।

मिस पुर्वान्चल २०१७ रुबी लिम्बु, फर्स्ट रनर अप सिमरन श्रेष्ठ, सेकेन्ड रनर अप अनु ढुंगाना, मिस क्याटवाक एस्तर तामांग, मिस धरान बिपना श्रेष्ठ संगै तिनजूरे वाइन इन्डस्ट्रिजका बोर्ड अफ डाईरेक्टर प्रकाश कुमार श्रेष्ठ, गजुरमुखी ट्रेड एंड सर्भिस लिंक का सीइओ गोपाल आचार्य, बराह ग्रुपका प्रमुख प्रशाशकिय अधिकृत गंगा कालिकोटे, सिल्भर इन्टरटेनमेन्टका अध्यक्ष दिपक बनेपाली र प्रोमोटर राजेन्द्र गुरुंगले संयुक्त रुपमा चेसुंग वाइन क्यालेन्डर २०७५ बि. स. लोकाप्रण गरेका थिए ।

Screenshot 2018-05-10 11.04.50

हरेक बर्ष झैँ मिस पुर्वान्चल २०१७ का बिजेता -उपविजेताहरु को फोटो शुट गरि निकालिने आकर्षक क्यालेन्डरमा यसपाली मिस पुर्वान्चल २०१७ रुबी लिम्बु, फर्स्ट रनर अप सिमरन श्रेष्ठ, सेकेन्ड रनर अप अनु ढुंगाना, मिस क्याटवाक एस्तर तामांग साथै मिस धरान बिपना श्रेष्ठ, मिस दमक जोयना लिम्बु को आकर्षक फोटोहरु समावेश गरिएको छ ।

मुन्धुम बुटिक एंड मेख्ली हाउसकि फेशन डिजाइनर मुनु मिभकको विभिन्न डिजाइनर पोशाकमा निसुन्ग्मा ब्युटी सोलुसनको मेकअप र पुराना ग्ल्यामर फोटोग्राफर बिसप ताम्राकाको फोटोग्राफी क्यालेन्डरमा समावेश फोटोहरुमा रहेका छन् ।

सन् २०१० देखि मिस पुर्वान्चल को आयोजना गरिरहेको सिल्भर इन्टरटेन्मेंटले बि. स. २०७० देखि बिभिन्न कम्पनिहरुसंगको सहकार्यमा हरेक बर्ष क्यालेन्डर प्रकाशन गरिरहेको छ ।

Screenshot 2018-05-10 11.04.52

प्रतिक्रिया दिनुहोस


Copyright © 2017 - Madheshspecial.com All rights reserved