टनटलापुर घाममा नगर प्रमुख रामऔतार यादब योजना स्थलमा पुगेपछि खुशी

  • प्रकाशित मितिः बैशाख 25, 2075
  • मधेश स्पेशल
  • 1432 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा, २५ बैशाख / धेरै गर्मी भएपछि जो कोही पनि चिसो हावामा बस्न मन पराउँछ । सबै सुविधा हुनेले एसीमा बसेर आनन्द लिने छन् तर सबै सुविधा हुने मान्छे टनटलापुर धाममा एसी गाडीमा नचढी मोटर साईकलमै चढेर संचालित योजना स्थलमा पुगने गरेको सुन्दा जो कोहीलाई आश्चर्य लागन सक्छ तर सत्य हो ।
सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादबले आफना वडाहरुमा संचालित योजनाहरुलाई अनुगमण गर्न टनटलापुर घाममा मोटर साईकल चढी योजना स्थलमै पुगी उपभोक्ताहरुसगँ छलफलमै ब्यस्त देखियो ।
आज मंगलवार बिहानै देखि नगर कार्यपालिकाको कार्यालय सुखीपुरमा आएका सेवाग्राहीहरुको दैनिकीकार्य सघाई २ बजेको टनटलापुर घाममै सुखीपुर नगरपालिकाको वडा नम्बर ८, ६ र ७ मा संचालित रहेको विकासे कार्यलाई अनुगमण गरेपछि उपभोक्ताहरुको कार्य देखेपछि नगर प्रमुख खुशी भएका छन् ।
उपभोक्ताहरुले अति राम्रोसगँ काम गरेर देखाउँछन् भने मलाई विश्वास लागेका थिएन । किन भने उपभोक्ताहरु स्टीमेट भन्दा कम कामगरी सबैको मुल्यांकन गर्ने गरेको सुनेका थिए तर सुखीपुरको आज अनुगमाण गरिएको योजनाका उपभोक्ताहरुले स्टीमेट भन्दा बढी कार्य गर्ने गरेको पाएपछि खुशी महशुस भएको नगर प्रमुखले भन्नुभयो ।
उहाँले थप्दै भने– स्टीमेट भन्दा बढी कार्यगर्ने उपभोक्ताहरुलाई पुरस्कार ब्यबस्था गर्ने सोचमा रहेका छौ । निर्धक भएर काम गर्नु नगरपालिका तपाईहरुको सहयोग गर्न हरदम तयार रहने छन् । सुखीपुर नगरभरी किसानहरुका लागि कृषि सडक निर्माण हुदैछ । अब किसानहरुको खेतमा उब्जा भएको बाली सडक माध्यमले गाडीमै ल्याउन सकिन्छ । सुखीपुर नगरपालिका ५ वर्ष भित्रै कयापल्ट गर्ने योजना रहेको छ । यहिले शुरुवात हो । जनमुखी योजनाहरु अब आउने बजेटबाट आउने छन् । सुखीपुरलाई सिरहा जिल्लामै नमुना नगरपालिका बनाएर देखाउने अठोट लिएका छौ ।
आज अनुगमण गरीएको कृषि सडक देखेपछि नगर प्रमुख दंगदंग भएका छन् । जुन ७ सय मिटरको स्टीमेट भएको सडकहरु १ हजार देखि १४ सय मिटर सम्म उपभोक्ताहरुले बनाई दिएपछि । नेपाल सरकारको बजेट अनुसारको स्टीमेट भन्दा दोबर विकासे कार्य भएको छ । सुखीपुर नगरपालिका ८ स्थित बैलहाट गाछी देखि खैटोका सम्म सडक स्टमेट भन्दा दोबर निर्माण भएको सुखीपुर वडा नम्बर ८ का वडा अध्यक्ष हरिवशं महतोले बताउनुभयो ।
त्यसैगरी वडा नम्बर ६ र ७ मा पनि स्टीमेट भन्दा बढी कार्य भईरहेका वडा अध्यक्ष विरेन्द्र महतो र रामेश्वर साहले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६