अज्ञात समूहको गोली प्रहारबाट एक यूवकको हत्या

  • प्रकाशित मितिः बैशाख 24, 2075
  • मधेश स्पेशल
  • 276 पटक पढिएको

शुभ नारायण कामती
सिरहा । सिरहाको अर्नमा गाउँपालिकामा अज्ञात समूहको गोली प्रहारबाट एक यूवकको हत्या भएको छ । सिरहाको अर्नमा गाउँपालिका वडा नं। १ बस्ने उपेन्द्र कुमार सिंहका छोरा अन्दाजी वर्ष २१ का धरमेन्द्र कुमार सिंह माथि अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएको हो ।

आइतबार राती करिब ११ः१० बजेको समयमा धरमेन्द्र माथि गोली प्रहारहुदाँ उपचारको लागि लहान लर्दैगर्दा बाटोमा मृत्यु भएको छ । शवलाई पोष्टमाटमको लागि लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालमा राखिएको छ । अनुसन्धानको लागि स्थानीयवासी सन्तोष कुमार सिंहलाई पक्राउ गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा प्रहरी प्रवक्ता राजन भेटवालले जानकारी दिनुभयो । (स्रोतः जनता टाईम्स)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६