कृषि क्रान्ति विना प्रदेश २ नम्बरको विकास असम्भव : प्रदेश सदस्य मदन सेन प्रसाद श्रीवास्तव

  • प्रकाशित मितिः बैशाख 20, 2075
  • रोयाण्टर मण्डल
  • 540 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा, २० बैशाख / कृषि क्रान्ति विना २ नम्बर प्रदेशको विकासको परिकल्पना गर्नु असम्भव हुने प्रदेश सदस्य मदन सेन प्रसाद श्रीवास्तवले ठोकुवा गर्नुभयो ।
यस प्रदेशमा कृषि क्षेत्रमा उल्लेखनीय बजेट छुटयाई कृषि पेसा अपनाउनेलाई विशेष अनुदान र कृषि मुखी योजनाहरु ल्याए मात्रै यो प्रदेश विकास हुन सक्ने छ अन्यथा कुनै पनि हालतमा २ नम्बर प्रदेश समवृद्ध नहुने श्रीवास्तवले दावी गर्नुभयो ।
उहाँले भन्नुभयो– किसानहरुको लागि प्रत्येक खेत खेतमा कृषि सडक, विद्युतीकरण, समयमै गुण स्तर वीउ विजन उपलब्ध, गुणस्तर रसायनिक मल , किटनाशक औषधीहरु सहुलियत दरमा उपलब्ध , चकलाबन्दी खेती, प्रत्येक निर्वाचन क्षेत्रमा कोल्ड स्टोर लगायतको योजनाहरु ल्याए मात्रै विकास हुने देखिन्छ ।
आज भन्दा ३०÷३५ वर्ष पहिले यहाँ उब्जा भएको अन्नबाली भारतीय बजारमा विक्री वितरण हुने गरेको थियो । अन्नबालीको भण्डार रहेको प्रदेशमा नै आजकल ७५ प्रतिशत अन्नबाली भारतीय बजारको निर्भरमा रहेको छ । यस प्रदेशको अधिकाशं बजेटको रकम बराम्बरको रकम भारतीय बजारमा दिन्हु जादै गरेको छ । यसलाई रोकनका लागि किसानका लागि विभिन्न प्रकारको कार्यक्रमहरु ल्याउनु पर्ने र किसानहरुले उब्जा गरेको अन्नबाली लगानी अनुसारको दाममा विक्रि वितरण गर्नु पर्ने मुल्य तोकन किसानलाई नै अधिकार दिदाँ यो प्रदेश ५ वर्षकै भित्रै क्यापल्ट हुने उहाँले बताउनुभयो ।
उहाँले प्रदेश सरकारलाई यस्तो योजना ल्याउन आफु र आफनो पार्टीको सम्र्पुण नेता योजना पास गर्न कुनै कसर नराख्ने र प्रदेश सरकारलाई योजना ल्याउन दबाब पनि दिन पछि नपर्ने बताउनुभयो ।
उहाँ सिरहा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को ख बाट प्रत्येक्ष चुनावमा नेकपा एमाले पार्टीबाट प्रदेश सदस्यमा अत्यधिक मतले निर्वाचित प्रदेश सदस्य हुन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६