आँधीमा परि भारतमा ८१ जनाको मृत्यु

  • प्रकाशित मितिः बैशाख 20, 2075
  • मधेश स्पेशल
  • 293 पटक पढिएको

एजेन्सी/ भारतको राजस्थान र उत्तर प्रदेशमा बुधबार आएको आँधीले निक्कै ठुलो धनजनको क्षती भएको छ । पछिल्लो २४ घण्टामा राजस्थानमा ३६ जना र उत्तर प्रदेशमा ४५ जनाको मृत्यु भएको छ । १४० भन्दा बढी मानिसहरुको घाइते भएका छन् । आँधी २० किमी प्रतिघण्टाको गतिमा आएको थियो । आँधीको कारण कयौँ रुख र बिजुलीका पोलहरु लडेका छन् । कयैन स्थानमा सडक र रेलमार्गमै रुख र बिजुलीको पोल लडेकाले यातायात व्यवस्था ठप्प भएको छ ।

राजस्थानका ३ जिल्लाहरु बढी प्रभावित भएका छन् । यसमा भरतपुर, धौलापुर र अलवर सबैभन्दा बढी प्रभावित रहेका छन् । भरतपुरमा १२, धौलपुरमा १० र अलवरमा ४ जनाको मृत्यु भएको छ र १०० जना घाइते भएका छन् ।

बीकानेरमा ३८ किमी प्रतिघण्टाको गतिमा आँधी आएको थियो । यो दौरानमा ५०० मिटर भिजिविलिटी थियो । त्यसबेला ४५ डिग्री सेल्सियस रहेको तापक्रम घटेर ३५ डिग्री सेल्सियसमा पुगेको थियो । जयपुरमा १८ किलोमिटर प्रतिघण्टाको गतिमा आँधी आएको थियो । त्यहाँ आँधीको कारण तापक्रम ८ डिग्री सेल्सियस कम भएको थियो ।

त्यस्तै उत्तर प्रदेशमा तीब्र गतिमा आएको आँधी र वर्षाका करण ४५ जनाको ज्यान गयो । आँधीबाट आगरा सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ३६ मानिसको ज्यान गएको थियो । ३८ मानिसहरु घाइते भएका छन् । स्थानीय अधिकारीहरुले सबै प्रभावित क्षेत्रमा राहत र बचाउ कार्यक्रम पुर्याउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा निः शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

रोयाण्टर मण्डलसिरहा / गरिब, असाहय बिरामीहरूलाई लक्षित गर्दै सिरहाको सुखीपुर नगरपाकिला वडा नम्बर १० स्थित

सुखीपुर बजारमा ब्यापार घटे पनि बजारको शाख जोगाउनु पर्ने : सरोकारबला

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / सिरहा जिल्लाकै सबभन्दा पुरानो बजार सुखीपुर बजारमा ब्यापार घटे पनि बजारको

सांसद साहको रिहाईको माग गर्दै लाहानमा चक्काजाम

मनोज बनैता लाहान । सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपाल सिरहाले सांसद प्रमोद साहको रिहाईको माग गर्दै


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६