​चरित्रहत्या गरेको आरोपमा पत्रकारसित एक अर्ब क्षतिपूर्ति माग्दै कपिल शर्मा

  • प्रकाशित मितिः बैशाख २०, २०७५
  • 104 पटक पढिएको
  • मधेश स्पेशल

भारतीय कमेडियन कपिल शर्माले पत्रकार विक्की लालवानीमाथि आफ्नो चरित्रहत्या गरेको आरोपमा एक अर्ब भारु क्षतिपूर्ति माग गर्दै कानूनी नोटिस पठाएका छन् ।

कपिलले आफु विरुद्ध अपमानजनक, घृणायुक्त समाचार र विचारहरु प्रशारण गरेको आरोप लगाएका छन् । यस्ता सामग्रीले आफ्नो छवि विगारेको भन्दै एक अर्ब भारुको क्षतिपूर्ति तिर्नुपर्ने माग गरेका हुन् ।

कपिलका वकिलले कानूनी नोटिस पठाइएको पुष्टि गरेका छन् । उनले सात दिनभित्र सार्वजनिक रुपमा माफी माग्नका लागि लालवानीलाई कानूनी नोटिस पठाएको र माफी नमागेको खण्डमा उनीमाथि आपराधिक कारवाहीको प्रक्रियामा जाने बताएका छन् । लालवानीले कपिलले गालीगलौज गरेको एउटा अडियो कल सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस


Copyright © 2017 - Madheshspecial.com All rights reserved