अज्ञात समुहको निशानामा चितवनका किसान, क्षणभरमै तीन हजार भन्दा बढी केराको बोट सखाप

  • प्रकाशित मितिः बैशाख 18, 2075
  • प्रनिश थापा
  • 142 पटक पढिएको

चितवन/ अज्ञात समूहले गएराती चितवनका एक दर्जन भन्दा बढी किसानले लगाएका ३ हजार भन्दा बढी केराको बोट काटेर सखाप पारिदिएका छन् ।

पुर्वी चितवनको कालिका नगरपालिका ६ भटेनी नयाँ टोलमा रातको समयमा आएका अज्ञात समूहले ३१ सय बढी केरा काटेर नष्ट गरिएको हो । साथै, सोही ठाँउमा रहेको पाँच कठ्ठा मकैको बोटमा समेत उनीहरुले क्षती पुर्याएका छन् ।

केरा व्यवसायी संघ चितवनका अध्यक्ष विष्णुहरी पन्तका अनुसार सबैभन्दा बढी कोपिला दाहालको १२ सय बोट नष्ट गरिएको छ भने, शोभा भट्टको ६ सय बोट , झलक सुवेदीको ३ सय बोट , शंकर अम्गाईको २ सय ५० बोट , गोपी लामिछानेको २ सय बोट , नवराज धितालको १ सय ५० बोट , लिला पंगेनीको १ सय ५० बोट , पुर्ण वहादुर खड्काको ९७ बोट , देवी प्रसाद गोतामेको ५० बोट , गोविन्द दाहालको ५० बोट , र धु्व आचार्यको ३५ बोट , भूमिनन्द दवाडीको १२ बोट केरा पुर्ण रुपमा नष्ट भएको छ ।

एउटा बोटमा फलेको केरा बिक्री हुँदा किसानले पाँच सय रुपैयाँसम्म आम्दानी हुन्थ्यो , अध्यक्ष पन्तले भन्नुभयो : किसानहरुको साँढे १५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । यस्को क्षतीपुर्ति कस्ले दिने ?

यता, फलेका केरा काटेर केरा नष्ट गर्नु सूनियोजित घटना भएको भन्दै समुह पहिचान गरेर अबिलम्ब कार्वाही हुनुपर्ने माग राख्दै संघले ईलाका प्रहरी कार्यालय रत्ननगरमा उजुरी दिइएको समेत अध्यक्ष पन्त बताउनुहुन्छ ।

जवाफमा इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी बासुदेव खतिवडाले केरा नष्ट गर्न संलग्नको तीव्र रुपमा खोजी भईरहेको साथै, किसानले दिएको सूचनाका आधारमा संलग्नहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरि दोषी पाइए कारबाही गरिने समेत उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६