३३ किलो सुन प्रकरण: गोरेसँग हिमचिम गरिरहेका फरार एसएसपी खत्रीलार्इ पक्राउ गर्न सर्कुलर

  • प्रकाशित मितिः बैशाख 18, 2075
  • मधेश स्पेशल
  • 408 पटक पढिएको

काठमाडौं/ साढे ३३ किलो तस्करीको सुन प्रकरणमा मुछिएका एसएसपी श्याम खत्री एकाएक सम्पर्क बिहिन भएकाछन् ।

फरार भएपछि उनलार्इ पक्राउ गर्न प्रहरीले सर्कुलर जारी गरेको छ । ३३ किलो सुन प्रकरणले को को प्रहरी सकसमा पर्ने हुन् ? नेपाल प्रहरी भित्र खैला-बैला मच्चिएको छ ।

बरामद सुन हराएको भन्दै सनम शाक्य हत्याकाण्डमा समेत उनको संलग्नता भेटिएपछि छानबिन समितिले उनलाई बयानका लागि उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो। तर उनी फरार छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालको मानव स्रोत विभागमा कार्यरत खत्रीलाई सनम शाक्य हत्या प्रकरण छानबिन गर्न बनेको समितिले बयानका लागि बोलाएको थियो।

समितिले खत्रीका चालक प्रहरी जवान विष्णु खड्कालाई नियन्त्रणमा लिएपछि उनी सम्पर्कविहीन भएका हुन्।

सुन तस्करीका नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ को सुन राख्ने कोठाबाट बरामद भएको कागजपत्रमा एसएसपी खत्रीको लेनदेन र टेलिफोन सम्पर्कसमेत देखिएको छानबिन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

दहेज

कथाकार– धनेश्वर ठाकुर आज भन्दा धेरै वर्ष पहिले म काठमाण्डौं को कोटेश्वर भन्ने ठाउमा बस्थे र एउटा किरान

रक्षा बन्धन पर्व धुमधामका साथ मनाइँदै

मधेश स्पेशल समाचारदातासुखीपुर (सिरहा) / श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि त

सरकारी जागिर छाडेर मछा पालनमा रमाएका विसुन देव मण्डल

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ सिमराका विसनु देव मण्डलले बिगत २४ व


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६