अटेर गरेपछि डोजर चलाउन लगाए वडाध्यक्ष

  • प्रकाशित मितिः बैशाख 11, 2075
  • मधेश स्पेशल
  • 1554 पटक पढिएको

बद्री नारायण यादव
सिरहा , ११ बैशाख / केही व्यक्तिका कारण रोकिदै आएको सडक निर्माण कार्य सुचारु गर्न सिरहा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष महेश कुमार यादवले डोजर चलाउन लगाएका छन् ।
मापदण्ड कायम गर्दै सडक क्षेत्र खाली गर्न वडा कार्यालय सहित नापी टोलीले चिनो लगाएर सुचना जारी गरेको थियो । सडक क्षेत्र खाली गर्न अटेर गरेपछि डोजर चलाउन लगाएको वडाध्यक्ष यादवले बताए । ‘चिनो लगाएको महिना दिन भन्दा बढि भइसकेको भयो’ उनले भने, ‘वडा कार्यालयबाट सडक क्षेत्र खाली गर्न जारी गरिएको सार्वजनिक सूचनालाई खासै वास्ता गरेका थिएनन् ।’
आरसीसी ढलानको तयारी
डोजर चलाएर खाली गराएइको सडकमा वडा कार्यालयले आरसीसी ढलान गर्ने तयारी गरेको छ । ‘अटेरी गर्नेहरुका कारण ढलान गर्न ढिलाई भइरहेको थियो’ वडाध्यक्ष यादवले भने, ‘अबको चारदिन भित्र आरसीसी ढलान सुरु गरिनेछ ।’ क्रमिक रुपमा वडाका सबै सडकमा आरसीसी ढलान र पानी निकासको लागि नाला बनाउने अभियान चलाउने उनले बताए ।
चालु आर्थिक वर्षमा १५ लाखको लागतमा २ सय २० मिटर रामजी तत्माको घरदेखि शंकर दास तत्माको घरसम्म १३ फिट चौडाई सडकमा ८ इन्चको आरसीसी ढलान गरिने उपभोक्ता समितिका अध्यक्ष जितेन्द्र दासले बताए । ढलानको सम्पूर्ण तयारी गरिसकेको र आउने केही दिनमा काम सुरु गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

‘‘ राम बहादुर महतोको सम्झना ’’ अभिभावक खोज्दै सुखीपुरका गरिब दलित

रोयाण्टर मण्डल गजेन्द्र बाबुको पला देखि नै मधेशबादको पक्षमा लडि रहने जिल्लाको मात्रै होईन देशभरकै पार्ट

सुखीपुरमा ट्रक दुर्घटना , सह चालक घाईते

राेयाण्टर मण्डल सुखीपुर (सिरहा) / जिराेमाईलबाट कुशहा आउदै गरेकाे  BR210G913 नम्वरकाे माल बाहक ट्रक  दुर्घटना

स्वर्गिय युवा नेता राम बहादुर महताेकाे श्रद्धाञ्जलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

राेयाण्टर मण्डल सिरहा । गरिब, असाहय बिरामीहरूलाई लक्षित गर्दै सिरहाकाे सुखीपुरमा सुखीपुर बचाउ संघर्ष स


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६