किराना पसल चलाएर आत्मनिर्भर बन्दै रितादेवी

  • प्रकाशित मितिः बैशाख 9, 2075
  • मधेश स्पेशल
  • 693 पटक पढिएको

सिरहा / सामुदायिक संस्थामा आवद्ध हुँदा आउने परिवर्तनको उदाहरण बनेकी छन्, सिरहा नगरपालिका–१४ नवटोलीकी रितादेवी मण्डल । गाउँले महिलाहरुको सक्रियतामा खुलेको सामुदायिक संस्थामा आवद्ध भएर किराना पसल संचालन गर्दै आएकी छन्,उनी ।
गरिबी निवारण कार्यक्रम अन्तर्गत खुलेको सामुदायिक संस्थाबाट २०६९ सालमा २० ऋण लिई संचालन गरेको किराना पसल अहिले लाखौंमा परिणत भएको रितादेवीले बताइन् । पहिलाको ऋण चुक्ता गरेर पछिल्लो पल्ट ४० हजार थप ऋण लिएको उनले भनिन्,‘यो पनि चुक्ता गर्ने अन्तिम चरणमा पुगेको छु ।’
‘यो मेरो नियमित लगशिलताको परिणाम हो,’उनी थप्छिन्,‘कुनै काम जो कोहीले लगनशिल भएर गरेपछि उसले कुनै न कुनै दिन सफलता हासिल गर्न सक्छ । कुनै पनि काम सहज हुँदैन् । परिश्रमको वलमा सहजता आउने हो ।’ किराना पसल संचालन गरेको सुरुवाती अवस्थामा केही प्राविधिक कठिनाईहरु आए तर त्यसलाई छिचोल्दै अघि बढ्न प्रयास गरेपछि सबैखाले समस्या आफै समाधान भएर गएको उनले सुनाईन् ।
दुई छोरा र दुई छोरीकी आमा रितादेवीले किराना पसलसँगै सिलाई कटाईको मेसिन पनि राखेकी छन् । किराना पसल र सिलाई कटाईको आम्दानीले घर खर्चसँगै छोरा÷छोरीलाई पढाउन समेत अलि÷अलि तिर्न पुग्ने गरेको उनले बताइन् । रितादेवीको पति वसन्त कुमार मण्डल शिक्षक हुन् । घरका सबै सदस्यले आत्मनिर्भरताको अभियानमा सकारात्मक सहयोग गर्दै आएको उनले सुनाइन् । रितादेवीकी चारवटै छोरा÷छारी पढ्दै छन् ।
घरका कुनै एक सदस्य जागिर वा कुनै आम्दानी योग्य काम पाएपछि महिलाहरु आरामको आश खोजिरहेका हुन्छिन् तर रितादेवीले आफुले पनि केही गर्नुपर्छ भनी किराना पसल र सिलाई कटाईको मेसिन राखेर आम्दानी गर्दै आएकी छन् ।
‘काम कसैको बाँडेका हुँदैन् र कोही पनि सिकेरै आएका हुँदैन्,’ उनले भनिन्,‘सबैभन्दा पहिला व्यक्तिमा काम गर्ने चाहना हुनुपर्छ । बसिरहनु भन्दा राम्रो केही गरेर आम्दानी गर्नु राम्रो हो । यसले घरका सदस्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६