गैर आवासीय मधेशी संघ कतारको नव बर्ष शुभकामना कार्यक्रम सम्पन्न

  • प्रकाशित मितिः बैशाख 9, 2075
  • मधेश स्पेशल
  • 531 पटक पढिएको

शिव कुमार पाल
कतार / गैर आवासीय मधेशी संघ कतार द्वारा कतारको एसियन टाउनमा बैसाख ठ, द्दण्ठछ शुक्रबार को दिनमा नया वर्ष, सतुवाइन, जुडशितल, सिरुवा पर्वको अवसरमा शुभकामना आदान प्रदान समारोह सम्पन्न भयो। “प्रदेशमा मधेशीको साथी” गैर आवासीय मधेशी संघ, मधेशका पहिचान संस्कृति संरक्षण का लागि सदैव क्रियाशील, मधेशी लाइ जोडेर संगठित गरेर प्रदेश र मधेशमा समस्या समाधान प्रति सदैब सजग र तत्पर रहन्छ। यसै क्रममा यो समारोह पनि गरियो। कतारको प्रायः सबै ठाउँ बाट मधेशीहरू भारी संख्यामा समारोहमा सहभागी थिए। संगठनको अध्यक्ष श्री सम्भुनाथ साह ज्यूको अध्यक्षतामा यो समारोह भयो। कार्यक्रमको उदघोषण दिवाकर झा ले गर्नु भयो ।

कार्यक्रमको सुरुवात पुर्व अध्यक्ष तथा बरिष्ठ सल्लाहकार श्री सूर्यनारायण यादव र अध्यक्ष श्री सम्भुनाथ साह द्वारा दीप प्रज्वलन गरी भयो। देव कुमार महराले राष्ट्रिय गान गाए। मुगल, अङ्ग्रेज, गोरखाली शासकहरू बाट मधेशको पहिचान, संस्कृति संरक्षण गर्न र मधेशी हरूको हक अधिकार सुरक्षित गर्न का लागि सहादत प्राप्त गरेका सबै ग्यात अग्यात शहिदहरु प्रति सम्मान प्रकट गरी वहाँहरूको आत्माको चरि शान्तिका लागि ज्ञ मिनटको मौन धारण गरिएको थियो।

तत पस्चात मंतव्य,संस्कृति गितसंगितहरु र अंतर्क्रिया कार्यक्रम भयो। जसमा रामजनम शर्मा, उपाध्यक्ष शिव कुमार पाल, सल्लाहकार मोहरम नदाफ, उपाध्यक्ष जगत लाल मन्डल, मुकेश सिंह, तेजीलाल मन्डल, रामहृदय यादव, गौतम शर्मा, प्रमोद कुमार मन्डल, असगर अली, पन्चलाल मधेशी, रामसुबन यादव, संतोष साह, इत्यादि ले शुभकामना संदेश दिएँ र सतुवाइन, जुडशितल, सिरुवा, विक्रम संवत्, सलहेस फूलबारी मेला, लोकनायक राजा जयवर्धन सलहेस तथा मधेशका पहिचान, संस्कृति, समस्या र समाधानका बरेमा आआफ्नो बिचार प्रस्तुत गर्नु भयो। गैर आवासीय मधेशी संघ कतार क्रीकेट टिमका कप्तान श्री दिपेन्द्र कुमार यादव ले क्रीकेट टिमका बारेमा जानकारी दिए र कतारको अल खोरमा भइरहेको वर्कर्स कप क्रिकेटमा सेमि फाइनल सम पुगीसकेको र यसको सेमि फाइनल र फाइनल खेल द्दट अप्रैल को हुने छ भने जानकारी दिनुभयो।

प्रमुख सल्लाहकार श्री सूर्यनारायण यादव, अध्यक्ष श्री सम्भुनाथ साह, कोषाध्यक्ष श्री सरोज प्रसाद साह, सचिव श्री जितेन्द्र कुमार महतो, सह प्रवक्ता श्री अमिरी साह ले संगठनको अवस्था, उदेश्य, कार्यनीति, संगठनको विस्तार, नया कार्य योजना, इत्यादि को विस्तृत जानकारी दिनुभयो। समारोहलाई मनोरञ्जनात्मक तथा उत्साहित बनाउनका लागी जयप्रकाश मधेशी, धिरेन्द्र कुमार राम र श्याम साह ले कविता सुनाउनुभयो। देव कुमार महरा, अरुण कुमार सिंह, बिवेक राउत र प्यारेलाल मधेशी ले गितसंगितहरु सुनाउनुभयो। विनयकुमार यादव ले साउन्ड सिस्टम सम्हाले र झन सुनमा सुगन्ध थापे। प्यारेलाल मधेशी र विजय कुमार मन्डल ले जुडशितल र जनचेतना जगाउने खालका हास्य व्यंग्य नाटक मञ्चन गर्नु भयो ।

कतारको कार्यकाल पूरा गरी मधेश फर्कन लागेका जयप्रकाश मधेशी जीको सम्मान र विदाइ गरीयो साथै आजिबन सदस्यता लिएका थुप्रै नया सदस्यहरु लाइ प्रसंसा पत्र प्रदान गरीयो। अन्त्यमा अध्यक्ष श्री सम्भुनाथ साह जिले मंतव्य दिदै समारोह सम्पन्न गर्नु भयो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

गरिब दलित बिरामीको उपचार गर्न तलबबाट महिनाकाे ५ हजार दिने: नगर प्रमुख पासमान

सराेज कुमार पासमान कर्जन्हा। सिरहाकाे कर्जन्हामा रहेकाे फु.कु.म.मे. हस्पिटलमा आजबाट आमा तथा नवजात शिशु सु

कमजोर वर्गको अधिकारबारे चर्चा

काठमाडौं । पिछड़ा वर्गका पूर्व का़वा अध्यक्ष एवं केन्द्रीय सल्लाहकार तथा जनकपुर चुरोट कारखानाका पूर्व मह

अवैध बलुवा गिट्टी सहित ३ ट्याक्टर छोडियो

मुकेश यादव लहान / अवैध रुपमा बलुवा गिट्टी उत्खनन गरेको ३ वटा टयाक्टर लाई जिल्ला समन्वय समितिले आर्थिक प्रभ

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६