तथ्यांकमा काेराेना भाइरस - COVID - 19

सिरहा नगरपालिका वडा नम्बर ८ हिलोमुक्त वडा बन्दै

  • प्रकाशित मितिः बैशाख 4, 2075
  • मधेश स्पेशल
  • 800 पटक पढिएको

सिरहा, ४ बैशाख/ सिरहा नगरपालिका वडा नम्बर आठलाई हिलोमुक्त गराउन लागी परेको वडाध्यक्ष नागेश्वर यादवले बताएका छन् । सडकमा आरसीसी ढलान शिल्यानास कार्यक्रममा बोल्दै उनले क्रमिक रुपमा वडाका सबै सडकमा आरसीसी ढलान गरिने बताएका हुन् । वडामा छुट्याइएको मध्ये अधिकतर रकम सडकमा आरसीसी ढलानमा खर्च गर्ने योजना बनाएर कार्यान्वयनको चरणमा लागेको उनले जनाए ।

वर्षातको महिनामा वडाबासीलाई समस्या हुने गरेको हुँदा हिलोमुक्त वडा बनाउने अभियानका साथ अघि बढिरहेको उनले तर्क गरे । तीन वटा सडकमा आरसीसी ढलान भइरहेको उनको भनाई छ । १६ लाख ४५ हजारको लागतमा वडा नम्बर–८ बस्ने रामसेवकको घर देखि रामनाथ सढोकको घरसम्म १ सय ५५ मिटर लम्बाईसम्म आरसीसी ढलान गरिने उपभोक्ता समितिका कोषाध्यक्ष रकी कुमार गुर्मैताले बताए । १३ फिट चौडाई सडकमा ८ इन्चको ढलान गरिने ईन्जिनियर जय साहले बताए । गुणस्तरीय निर्माणका लागि प्राविधिक दृष्टिले बेल–बेलामा निरिक्षण गरिने उनले जनाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

 सुखीपुरमा पनि शनिदेब महाराजको जन्म जयन्ती

ओम प्रकाश गुप्ता सुखीपुर । सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित रहेकाे गागैन खोलाको छेउमा शनिदेब

अखंण्ड सा‌ैभाग्य लागि वरसाईत पर्व मनायाे

शिव कुमार शाह लहान ।  आज  मिथलामा महिलाहरु आ- आफनाे  श्रीमानकाे दिर्घायूकाे लागि अखंण्ड साैभाग्य साव

नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या पुग्यो २६७

इटहरी/ उदयपुर, पर्सा, दाङ र काठमाण्डौका थप नौ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना भाईरसबाट सं


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६