सुखीपुर ८ लाई हराउदै सुखीपुर ३ विजयी

  • प्रकाशित मितिः बैशाख ४, २०७५
  • 694 पटक पढिएको
  • रोयाण्टर मण्डल

रोयाण्टर मण्डल
सिरहा, ४ बैशाख / सुखीपुर नगरस्तरीय कप क्रिकेट प्रतियोगिताको फाईनल खेलमा सुखीपुर वडा नम्बर ३ विजयी भएको छ ।
सोमबार श्री जनता माध्यमिक विद्यालय सुखीपुरको खेल मैदानमा वडा नम्बर ८ लाई ४ बल बाँकी रहँदा ६ विकेटले पराजित गरेको हो । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुखीपुर वडा नम्बर ८ ले २० ओभर १ सय ४९ रनमा अल आउट भएको थियो । १ सय ५० रनको लक्ष्य पछ्याएको वडा नम्बर ३ ले १९.२ ओभर खेल्दा ५ विकेटको क्षतिमा सुखीपुर वडा नम्बर ८ ले दिएको लक्ष्यलाई भेट्टाएको हो ।
वडा नम्बर ३ को जितका लागि पप्पु दासले २४ बलमा ४२ रन, तालेश्वर यादबले २२ बलमे २५ रन, २३ बलमे ३१ निर्णनायक रन बनाए ।
उमेश सहनीले ४ ओभरमा १६ रन दिदै २ विकेट, अर्जुन यादबले ४ ओभरमा २३ रन दिदै १ विकेट लिएका छन् ।
यसअघि पहिले ब्याटिङ गरेको सुखीपुर वडा नम्बर ८ का लागि अवधेश सिंहले ४० बलमा ५९, तपेश्वर महतोले १४ बलमा २३ योगदान गरे ।
खेलमा तालेश्वर यादब बेस्ट ब्यास्टमान, म्यान अफ द म्याच अर्जुन यादब, बेस्ट बलर र म्यान अफ द सिरिज अवधेश सिंह घोषित भए ।
टि ट्वान्टी ढाँचामा भइरहेको प्रतियोगिताको विजेताले रु १० हजार, ट्रफी तथा उपविजेताले रु ५ हजार तथा प्रतियोगिताका म्यान अफ द सिरिजलाई ट्रफी प्रदान गरिनेछ । बैशाख ३ गतेसम्म सञ्चालन भएको प्रतियोगिता खेलमा सुखीपुर नगरपालिकाका ६ वटै वडाका टोलीको सहभागिता रहेकोे थियो । खेलको एम्पायर राजेश दास, रोशन यादब रहेको थियो भने स्कोरमा पार्थिव यादब, उद्घोषणमा सतेन्द्र यादब रहेको नगर सुधार समितिको संयोजक वीपी भुवन यादबले बताए ।

Image may contain: 4 people, people standing and outdoor

प्रतिक्रिया दिनुहोस


Copyright © 2017 - Madheshspecial.com All rights reserved