झापाको दुई स्थानमा सवारी दुर्घटना, दुईको मृत्यु

  • प्रकाशित मितिः बैशाख २, २०७५
  • 9 पटक पढिएको
  • मधेश स्पेशल

झापा/ झापाको दुई स्थानमा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

विर्तामोड नगरपालिका-२ मा मे १ ख १३७१ नम्बरको बसको ठक्करबाट साइकलमा सवार विर्तामोड नगरपालिका-१ बस्ने ३५ बर्षिय प्रेम राईको मृत्यु भएको हो। साँझ ५ बजेतिर ठक्करबाट गम्भिर घाइते उनको वि एन सी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो।

साइकल पछाडी सवार उनकै ९ बर्षिय छोरा करण राई र बसका सह-चालक झापा मेचीनगर नगरपालिका-१० बस्ने १६ बर्षिय विशाल कार्की घाइते भएका छन्। उनीहरुको सोही अस्पतालमा उपचार भइरेहको छ। यस्तै कन्काइ नगरपालिका-४ मा रोकिराखेको को १ ख ४८८७ नम्बर ट्रकमामा मे २ प ५४१६ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक कन्काइ नगरपालिका-३ सुरुङ्गा बस्ने २४ बर्षिय बिष्णु सूर्य मगर र पछाडि सवार वर्ष २५ को निमेश गुरुङ गम्भिर घाइते भएका थिए।

घाइते दुवैलाई उपचारकोलागी विएनसी अस्पताल विर्तामोड लगिएकोमा उपचारको क्रममा बिष्णु सूर्य मगरको मृत्यु भएको हो। निमेशको भने सोही अस्पतालाम उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ।



Copyright © 2017 - Madheshspecial.com All rights reserved