वर्षाले काँचो इट्टा नष्ट

  • प्रकाशित मितिः बैशाख 2, 2075
  • मधेश स्पेशल
  • 54 पटक पढिएको

मोरङ/ प्रिमनुसनको मौसमी सकृयताका कारण केही दिन यता परेको वर्षाले इट्टा उद्योगलाई ठूलो क्षति पु¥याएको छ । प्रायः सबै इट्टा उद्योगका लाखौं काँचो इट्ट वर्षाले नष्ट गरेपछि निर्माण व्यवसायीहरुले नीजि घरका साथै विकास र निर्माणमा अवश्यक इट्टको अभाव हुने सम्भावना बढेको बताएका छन् । अभावको स्थितिमा इट्टाको मुल्य वृद्धि हुने सम्भावना समेत बढेको छ । कोशी ईटा उद्योगका संञ्चालक संघका अध्यक्ष महेन्द्र साहका अनुसार तत्कालीन कोशी अञ्चल क्षेत्रमा ५३ ईटा उद्योगमा सञ्चालनमा छन् । काँचो ईटा वर्षातले भिज्दा ३७ करोडको नोक्सानी भएको उनले बताए ।

भट्टीमा पकाउनका लागि तयार गरिएका लाखौंको संख्यामा काँचो इट्टाहरु वर्षाको पानीले नष्ट गरेको हो । रंगेली नगरपालिका २ स्थित कर्सीयाका बासुदेव घिमिरेले संञ्चालन गरेको राय ईटाउद्योगमा पकाउन तयार अवस्थाका रहेका १५ लाख काँचो ईटा वर्षतले नस्ट गरेको उनले बताए । लाखौं ईटा नस्ट भएपछि घिमिरेलाई बैकको व्याज र लेबर खर्च कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ । उक्त ईटा उद्योग ५ बर्षका लागी लिजमा लिएका उनले ३ बर्षदेखी चलाउँदै आएका हुन् । विगतमा यस्तो बर्षात कहिल्यै नभएको उनको भनाई छ । बासुदेव जस्तै धेरै ईटा उद्योगिहरुका काँचो इट्टा वार्षाले नष्ट गरेको बताइएको छ । कोशी अञ्चल क्षेत्रमा रहेका ५३ ईटा उद्योगमा बेमौसमी वर्षाबाट प्रभावित बनेको इट्टा उद्योग संघले जनाएको छ । प्रति उद्योग १५ लाख काँचो ईट्टा नस्ट भएको कोशि ईटा उद्योग संघका अध्यक्ष साहले बताए । गत तिन दिन अघि देखि आएको अबिरल वर्षाका कारण कोशी क्षेत्रको ईटा उद्योगमा करोडौंको नोक्सानी भएको छ ।

कोशी ईटा उद्योगका संञ्चालक संघका अध्यक्ष साहका अनुसार तत्कालीन कोशी अञ्चलमा संञ्चलमा ५३ ईटा उद्योगमा सञ्चालनमा छन् । काँचो ईटा वर्षातले भिज्दा ३७ करोडको नोक्सानी भएको उनले बताए । प्रति ईटा उद्योगमा १५ लाख मुल्य बराबरको काँचो ईटाको नोक्सानी भएको छ । पोल्न तयारी अवस्थामा राखिएका काँचो ईटा वर्षातले सबै भिजेपछी ईट्टाको आकारै नष्ट भएको छ । इटा उद्योगले प्रत्येक बर्षको सिजनमा भारतको कुचबिहार बाट कामदार ल्याएर काम लगाउने गरिएको छ । मजदुरको समस्या सामना गरिरहेको उद्योगले वर्षाले इट्टा नष्ट गरेपछि थप संकट उत्पन्न भएको छ । यसबाट उद्योग लाई पुगेको क्षतिपूर्तिको विकल्पको खोजीमा उद्योगीहरु लागेका छन् । यस्तो अवस्थाले इट्टाको मुल्य वृद्धिको सम्भावना बढेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

कालोपट्टी बाँधेर स्थानीय तहको कर्मचारीहरुले गरे कामकाज ठप्प

सुखीपुर समाचारदातासुखीपुर (सिरहा) / स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधम

अध्यादेशविरुद्ध कर्मचारीहरुले आफनै कार्यालयको मुलगेटमा धर्ना

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / सरकारले हालै जारी गरेको कर्मचारी समायोजन अध्यादेशविरुद्ध स्थानीय तह कर्

मिशन मधेशमा कसिसले सुपर छवी प्रस्तुत गर्दैछीन्

लहान,  । विगतमा भएको शोषण दमन र मधेश आन्दोलनलाई समेटिएर चित्रण गर्दै निर्माणमा रहेको मिशन मधेशको फाइट र क

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६