अपडेट – श्रीनिवासमाथीको शंकास्पद आक्रमणमा संलग्न ५ पक्राउ

  • प्रकाशित मितिः बैशाख 2, 2075
  • 41 पटक पढिएको
  • मधेश स्पेशल

विराटनगर/ गत चैत –२४ गते विराटनगर–१४ को जतुवा स्थित रामजानकी मन्दिरमा पुराण बाचन गर्न पुगेका श्रीनिवास माथी राती भएको गोली प्रहारको शंकास्पद घटनामा संलग्न भएको आशंकामा पक्राउ पर्नेको संख्या ५ पुगेको छ ।

आक्रमणकै भोलीपल्ट दुई जनालाई पक्राउ गरेर अनुशन्धान गरीरहेको मोरङ प्रहरीले पक्राउ परेकाको बयानका आधारमा थप तिनलाई पक्राउ गरी अनुशन्धान गरीरहेको प्रहरी स्रोतले जानकारी गराएको छ ।

आक्रमणकै भोलीपल्ट पक्राउ परेका राजकुमार यादव र विनोद दासको बयानका आधारमा मोरङ प्रहरीले थप तिन जनालाई पक्राउ गरेको बुझिएको छ । पक्राउ पर्नेमा सुनसरीको दुहवी–कपिल चौधरी , डंग्राहाका प्रकाश माझ र झापाको दमकका शान्तिराम धिमाल रहेका छन् ।

विवादास्पद छवीका श्रीनिवाशमाथी भएको आक्रमणलाई नै शंकास्पद मानेर विभिन्न कोणवाट छानविन गरीरहेको मोरङ प्रहरीले अनुशन्धान जारी रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस


Copyright © 2017 - Madheshspecial.com All rights reserved