पहिलो पाइला नेपालको प्रथम बार्षिकोत्सव सम्पन्न

  • प्रकाशित मितिः बैशाख २, २०७५
  • 10 पटक पढिएको
  • मधेश स्पेशल

सामाजिक कृयाकलापमा सकृयता देखाउँदै आएको पहिलो पाइला नेपालको बिराटनगर शाखाले प्रथम बार्षिकोत्सव मनाएको छ। सँस्थाको मोरङ्गको गोठगाउ टिम, इटहरी टिम र बिराटनगर टिमको संयुक्त आयोजनामा बिराटनगरमा सांस्कृतिक कार्यक्रम सहित बार्षिकोत्सव मनाईएको हो।

कार्यक्रममा गोठगाउँका ज्ञानेन्द्र दाहालले आमा शिर्षकको कबिता बाचन गर्नुभएको यस्तै अन्य सहभागीहरुले नृत्य समेत प्रस्तुत गरेको कार्यक्रम सञ्चालक निराजन धमलाले जानकारी दिनुभयो।

कार्यक्रममा सँस्थाका सदस्यहरु रोशन अधिकारी, प्रबिन सुबेदी, भोजराज रिजाल, प्रकृती खनाल, सञ्चारकर्मी अनिल कार्कीलगायत सहभागी थिए। सुभास गौतमको सभापतित्वमा भएको कार्यक्रममा ईश्वर राउत प्रमुख अतिथी यस्तै हरि अधिकारी अतिथी रहेको पहिलो पाइला नेपालका पुर्वाञ्चल संयोजक सुमन खड्काले जानकारी दिनुभयो।



Copyright © 2017 - Madheshspecial.com All rights reserved