धरानमा कुकुरको बन्ध्याकरण एवं रेविज खोप कार्यक्रम

  • प्रकाशित मितिः बैशाख 2, 2075
  • मधेश स्पेशल
  • 49 पटक पढिएको

धरान पेट्स होमको आयोजनामा सडकमा रहेका भुस्याहा कुकुरको बन्ध्याकरण एवं रेविज खोप कार्यक्रम धरानमा शुरु भएको छ। धरानस्थित सभागृहमा सो कार्यक्रम चैत्र २९ गतेदेखि शुरु भएर वैशाख ९गतेसम्म सञ्चालन हुने भएको हो।

बिहान ६बजे शुरु भएर दिउसो २बजे सकिने शिविर शुरु भएको दुई दिन भएको र दुईदिनमा ६९वटा कुकुरको बन्ध्याकरण गरिएको छ। धरान उप–महानगरपालिकाको सहकार्य र हिमालयन एनिमल रेस्क्यु ट्रस्ट संस्थाको प्राविधिक एवं आर्थिक सहयोगमा सो शिविर सञ्चालन भएको हो। शिविर आयोजना गर्नका लागि केही दिनअघि नै धरान उपमहानगरपालिकाले समिति गठन गरेर शिविर सञ्चालन गर्न पेट्स होमलाई जिम्मा दिएको पेट्स होमका सञ्चालक शंकु कर्ण श्रेष्ठले बताउनुभयो।

शिविरमा कुकुरलाई रेविज बिरुद्धको खोप लगाईने र घाँटीमा रातो बेल्ट लगाईने समेत उहाँले जानकारी दिनुभयो। बिगत ५बर्षदेखि शुरु गरिएको सो शिविरमा अघिल्लो बर्ष ३ सय ५ वटा कुकुरको बन्ध्याकरण गरिएको थियो। यसपटक १ सय ५० वटा पोथी र २ सय वटा भाले कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको हिमालयन एनिमल रेस्क्यु ट्रस्ट संस्थाका खगेश्वर शर्मा भट्टराईले बताउनुभयो।

उहाँले खुल्ला रुपमा आवजावत गर्ने(भुस्याहा) कुकुरलाई बन्ध्याकरण गरिने र घरमा पालिएका कुकुरहरुको पनि बन्ध्याकरण गर्न अनुरोध गरेमा बन्ध्याकरण गरिने बताउनुभयो। उहाँले आँफुहरुको संस्थाले पोखरा र भरतपुरमा बन्ध्याकरण गरिसकेको जनाउँदै पुर्वी भेगमा बिशेष प्राथमिकता दिएकाले आँफुहरुले झापाको भद्रपुर, बुद्धशान्ति गाँउपालिका, ईलाममा पनि बन्ध्याकरण गरिरहेको जनाउनुभयो।

रेविज नियन्त्रण र उन्मुलन गर्न नगरमा कम्तिमा पनि ७०प्रतिशत कुकुरलाई खोप लगाउनुपर्ने उहाँले बताउनुभयो। बिगतका दिनहरुमा रेविज रोगको डर तथा भुस्याहा कुकुरहरुको सँख्या बृद्धि हुने डरले उप–महानगरपालिकाले कुकुरहरुलाई बटुलेर मार्ने गर्दथ्यो। सो कार्यको पशु अधिकारवादीहरुले बिरोध जनाएपछि कुकुरहरुको सँख्या घटाउन बन्ध्याकरणको काम थालिएको धरान उप–महानगरपालिकाका प्रशासकिय अधिकृत गणेश प्रसाद खतिवडाले बताए्उनुभयो।

बन्ध्याकरणका लागि विहान ६बजेदेखि सडकका बिभिन्न चोकका कुुकरहरुलाई पक्रेर बटुलिने काम हुँदै आईरहेको छ। यो कामलाई सघाउनका लागि नगरवासीहरुलाई अनुरोध गरिएको खतिवडाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

शिक्षा सेवामा सोधिने सम्भावित प्रश्नहरुको संगालो

 डि.एन. यादबशैक्षिक जनशक्ति तालिम निति कहिले बनेको हो ?– २०६२माध्यमिक शिक्षा पाठ्यक्रम ढाचा २०६४ अनुसा

सबैजसो क्षेत्र राजनीतिबाट प्रभावित

सुरेन्द्र साहठूलो भएपछि के बन्छौ ?श्र कसैले सोध्यो भने धेरैको जवाफ हुन्छ , डाक्टर, इन्जिनियर, पायलट समाजसे

सुखीपुरकी सानुमैयाको गीत सुनेर सबैको मन मोहित

    1 मोहे रंग दो लाल मोहे रंग दो लाल नंद के लाल लाल छेड़ो नहीं बस रंग दो लाल मोहे रंग दो लालदेखूं

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६