सरस्वती सेलर मिलमा आगलागी, २५ लाख बढिको क्षति

  • प्रकाशित मितिः बैशाख २, २०७५
  • 8 पटक पढिएको
  • मधेश स्पेशल

सुनसरीको इटहरी १२ खनारमा रहेको सरस्वती सेलर मिलमा भएको आगलागिमा कम्तिमा २५लाख रुपैँया बराबरको क्षति भएको छ। शनिबार(आज) बिहान साढे ७ बजेतिर भएको आगलागीमा त्यती क्षति भएको हो।

सरस्वती सेलर मिल परिसरमा रहेको बिद्युत ट्रान्सफर्मरबाट आगो प्रारम्भ भएर मिलको केही कच्चा पर्दार्थ उपकरण र बिद्युतीय उपकरणहरुमा समेत नोक्सानी भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ।

आगलागीमा मिलको तयारी खाद्यान्नमा भने खासै नोक्सानी हुन नभएको भन्दै प्रहरीले मिलमा लागेको आगोलाई इटहरी, इनरुवालगायतका ठाउँबाट आएको बारुणयन्त्र, प्रहरी र स्थानीयबासीको सकृयतामा नियन्त्रणमा लिएकोले थप क्षति हुन नपाएको बताईएको छ।



Copyright © 2017 - Madheshspecial.com All rights reserved