सरसफाईमा अग्रसर नबटोलीका युवाहरु

  • प्रकाशित मितिः बैशाख २, २०७५
  • 9 पटक पढिएको
  • मधेश स्पेशल

सिरहा/ सिरहा नगरपालिका१५ नबटोलीमा युवाहरु सरसफाई अभियानमा जुटेका छन ।आज सनिवार पनि सरसफाईलाई निरन्तरता दिएको छ ।साप्ताहिक सरसफाइ अभियान थालेको हो । उक्त सरसफाई अभियान मधेश नेपाल युवा ट्रस्ट को आयोजनामा खिरौनाका विभिन्न ठाऊँहरुका फोहोर मैलाहरु सरसफाई गरेको मधेश नेपाल युवा ट्रस्ट का संयोजक रमेश मण्डलले जानकारी दिए । संयोजक मण्डलका अनुसार उक्त सरसफाई अभियानमा स्थानीय युवाहरू लगायत बीओपी ब्यारेक खैरटोका सशस्त्र प्रहरी बलका जवानहरु ,नेपाल प्रहरीको बिशेष उपस्थिति रहेको उनले बताए । उनका अनुसार प्रत्येक सप्ताहको हरेक शनिवार साप्ताहिक सरसफाईको निरन्तरता दिने मन्डलले भने ।



Copyright © 2017 - Madheshspecial.com All rights reserved