कसरी थाहा पाउँछ यो रुखले वैशाख १ आएको ?

  • प्रकाशित मितिः बैशाख १, २०७५
  • 401 पटक पढिएको
  • मधेश स्पेशल

१ वैशाख, सिराहा । नेपाललाई त्यतिकै देवभूमि भनिएको होइन । यहाँको माटोदेखि वनस्पतिमा दैवी शक्ति रहेको विश्वास गरिन्छ । त्यस्तो विश्वासलाई प्रमाणित पनि गर्दै आएका छन् यहीँका सम्पदाहरुले । मानिसहरुले विस्तारै परसंस्कृति अवलम्बन गर्न थाले पनि नेपालका परम्परा र सम्पदाहरुले हाम्रा पर्व र परम्परालाई सम्झाइरहन्छन् ।

त्यस्तै एउटा अद्भूत शक्ति रहेको पाइन्छ सिराहाको सलहेसको फूलबारीमा । मानिसहरु त नयाँ वर्ष आएको पात्रो हेरेर थाहा पाउँछन् तर यहाँको एउटा रुखले वैशाख सङ्क्रान्ति आएको स्वतः थाहा पाउँछ । किनभने यहाँको फूलवारीमा रहेको एउटा रुखमा वैशाख १ गते मात्र फूल फुल्ने गर्दछ । यस्तो चमत्कारलाई अद्यात्मिक चमत्कारका रुपमा मान्दै मैथिलहरु सलहेसको पूजा गर्दछन् ।

यौ दैवी चमत्कारलाई अहिलेसम्म भौतिकवादीहरुले चुनौति दिन सकेका छैनन् । नेपालमा जलवायु परिवर्तनले धरै वनस्पति लोप भएको मौसमअनुसार नफुल्ने र नफल्ने दावी भैरहेको अवस्थामा पनि सिराहाको यो रुखमा भने वैशाख एक गतेकै दिन फूल फुल्दै आएको छ ।

राजा सलहेस र उनकी प्रेमिका मालिनीको प्रेम प्रतिकका रुपमा यहाँका दुई वटा रुखको मध्य भागमा प्रत्येक वर्षको वैशाख १ गते एक जोडी माला आकारमा फूल देखिने गरेको छ ।

सलहेस फूलबारीमा यसपल्ट पनि मंगलबार बिहानै फुल फुलेर एकजोडी माला देखिएको छ ।

यो ऐतिहासिक तथा चमत्कारिक स्थल सलहेस फूलबारी मन्दिरमा दर्शन गर्नका लागि नेपाल तथा भारतबाट हजारौं मानिसहरु आज भेला भएका छन् ।

नयाँ वर्षको आगमनसँगै फुल्ने सलहेस फूलबारीमा मंगलबार बिहानैदेखि भक्तजनहरुको भिड लागेको छ ।

ती माला र मेला हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारतका निकटवर्ती गाउँहरुबाट सर्वसाधारणहरु घुँइचो लागेको छ ।

मालाको अवशेष उक्त रुखमा वर्षको अन्तिम दिन पनि नदेखिने तर वैशाख १ गते विहानीमै आश्चर्यजनक रुपमा माला फुल्ने गरेको फुलबारीस्थित मालिनी मन्दिरका पुजारी जितेन्द्र धामीले बताएका छन ।

वि.स. १३२५ ताकाका प्रतापी राजा सलहेसको शौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाहरुको सम्झनास्वरुप यहाँका बासिन्दाहरुले प्रत्येक वैशाख १ गतेदेखि नै परम्परागत मेला आयोजना गर्दै आएका हुन् ।

स्थानीयबासीहरुले राजा सलहेसको गाथासँगै जोडिएका स्थलहरु फुलबारी, राजधानी महिसोथा गढ, पकडिया गढ, स्नानस्थल कमल दह, पत्तार पोखरीमा वैशाख १ गते भव्य मेलाका लागने गरेको हो । पुजारी धामीका अनुसार राजा सलहेश प्रत्येक दिन सिरहा सदरमुकामस्थित आफ्नो राजधानी महिसोथा गढबाट कमल दहमा स्नान गरी फुलबारीमा आफ्ना साथीहरुसँग कुस्ती लडेपछि प्रेमिका मालिनीसँग वनविहार गर्ने किम्बदन्ती  रहेको छ । उक्त फुलबारीमा आई गरेको भाकल पुरा हुने विश्वास यस क्षेत्रका सर्वसाधारणको छ । सभार – nepaldesh

Image may contain: tree, sky, plant, outdoor and nature

Image may contain: 1 person, tree and outdoor



Copyright © 2017 - Madheshspecial.com All rights reserved