मधेश आन्दोलन समाप्त नभई अहिले पनि राजनितिक लडाई लडिरहेको : पूर्व संचार मन्त्रि राजकिशोर

  • प्रकाशित मितिः चैत्र 30, 2074
  • मधेश स्पेशल
  • 411 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा, ३० चैत / राजापा नेपाल अध्यक्ष मण्डलका सदस्य तथा पूर्व सुचना तथा संचार मन्त्री राजकिशोर यादबले मधेश आन्दोलन समाप्त नभई अहिले पनि राजनितिक लडाई लडिरहेको बताउनुभएको छ ।
सिरहाको सुखीपुरमा आज शुक्रबार प्रथम सुखीपुर महोत्सव सम्मापन कार्यक्रममा उहाँले जबसम्म समानजनक अधिकार र समानजनक विकास वजेटमा बराबरीको अधिकार हुदैन तब सम्म मधेश आन्दोलन अविरल चलिरहने दावी गर्नुभयोे ।
चैत २६ गते देखि संचालित महोत्सवको आज ३० गते सम्मापन कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएको वहाँले सुखीपुरको युवाहरुले गरेको कार्यको गुणगान जति गर्दा पनि कम हुने किनभने सुखीपुर नगरपालिकालाई गाउँपालिकामा परिवर्तन गरेपछि यहाँका युवाहरु शान्तिपुर्ण आन्दोलन मार्फत नै नगरपालिका फर्काएकोले सुखीपुरका युवाहरु सम्मानको पात्र रहेको छ । म आफनो तर्फबाट सुखीपुर नगरपालिकालाई जुनसुकै बेला सहयोग गर्न तयार रहने बताउनुभयो ।
सम्मापन कार्यक्रममा मिथिलाका महान साहित्यकार, गीतकार , संगीतकार र गायक धिरेन्द्र प्रेमर्शी , डाक्टर अभाष लाभ, शावण यादब र गायिका रुपा झाले मैथिली लोकगीत लगायतकका आधुनिक गीत संगीतमा आफनो स्वर दिई दर्शकहरुलाई मनमोहित प्रस्तुतीमा सुखीपुर महोत्सव हर्षोल्लासमयका साथ सम्पन्न भएको छ । (वाकी समाचार मधेश स्पेशल पत्रिकामा )

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

‘‘ राम बहादुर महतोको सम्झना ’’ अभिभावक खोज्दै सुखीपुरका गरिब दलित

रोयाण्टर मण्डल गजेन्द्र बाबुको पला देखि नै मधेशबादको पक्षमा लडि रहने जिल्लाको मात्रै होईन देशभरकै पार्ट

सुखीपुरमा ट्रक दुर्घटना , सह चालक घाईते

राेयाण्टर मण्डल सुखीपुर (सिरहा) / जिराेमाईलबाट कुशहा आउदै गरेकाे  BR210G913 नम्वरकाे माल बाहक ट्रक  दुर्घटना

स्वर्गिय युवा नेता राम बहादुर महताेकाे श्रद्धाञ्जलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

राेयाण्टर मण्डल सिरहा । गरिब, असाहय बिरामीहरूलाई लक्षित गर्दै सिरहाकाे सुखीपुरमा सुखीपुर बचाउ संघर्ष स


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६