सलहेशसंग जोडिएको सिरहाको ऐतिहासिक महत्वका स्थलहरु

  • प्रकाशित मितिः चैत्र 30, 2074
  • मधेश स्पेशल
  • 430 पटक पढिएको

दिनेश्वर गुप्ता
लहान । मधेश अन्तर्गत पर्ने सिरहा जिल्लामा पनि विभिन्न समुदायको बसोवास छन् । सबैको परम्परा लोकदेवतासँग सम्वन्धित रहेको देखिन्छ । यस जिल्लाका लोकगाथाहरुमा सवभन्दा लोकप्रिय सलहेशको लोकगाथा मानिन्छ । यस गाथाको पूरा परिवेश सिरहामै रहेको देखिन्छ । सिरहामा सलहेश गाथाको परिवेश ऐतिहासिक तथ्य माथि आधारित छन् । सलहेश कुनै काल्पनिक पात्र नभई आफ्नो क्षेत्रका लोक नायक मान्निथ्यो । उनी आफ्नो पराक्रम राष्ट्रप्रेमी र नेतृत्वशक्तिले गर्दा पुज्य भए । उनी अहिंसावादी थिए । उनी आफ्नो बाहुवल तथा बृद्धिले त्यस क्षेत्रका राजा भएका थिए । आफ्नाक्षेत्रका जनतालाई सुरक्षा दिएर अन्य शक्तिको आक्रमण विफल तुल्याइदिएका थिए । उनी सबैको समस्या बुझेर त्यसको समाधान गरिदिन्थे । त्यसकारण उनी सर्वसाधारणबीच लोकप्रिय भए । सलहेश गाथामा वर्णन गरिएको छ । “सलहेश एकै दिनमा मानिकदहमा नुहाउंन ग¥थे, लहानकोे फूलवारीमा फूल टिप्थे, सिलहट आखाडामा कुस्ती खेल्थे, आफ्नो जन्मथलो महिसोथामा कुल देवीको पुजा ग¥थे, र त्यसपछि आफ्नो प्रजाको समस्या सुन्नका लागि कंचनगढ पुगि सबैको पिर मार्का सुन्थे । सलहेशगाथा वारेमा मैथली भाषामा यसरी भनिएको छ । – खन खन रहै छी बैलका पहाडमे खन रहैछी सरर वागमे, मानिकदहमे, स्नान करैत छी मागै छी त ह ही मलिनियाँ के खातिर, गठ पकरियामे मैयाके सुमीरै छ ।
कुनै वेला बेलका पहाडतिर हुन्छ ९यो पहाड हाल सप्तरी देखि उत्तर उदयपुर जिल्लामा पर्दछ ।० कुनै वेला सरर फूलवारी तिर जान्छ मानिक दहमा नुहाउँछ र त्यसपछि पकरिया गढमा देवीको पूजा गर्दछ । तर यी मानिसहरु देखि भागिरहन्छ । यिनिहरु मलाई छाड्न तयार छैनन् । सलहेश लोकगाथामा जति ठाउँको नाउँ आएको छ जस्तो महिसौथा पकरियागढ, कंचनगढ, तरेगना, मानिकदह, सलहेश फूलवारी, यी सबै ठाउँहरु सिरहा जिल्लामा अधावधि छन् । सिरहा जिल्लामा रहेका सल्हेश गाथासँग सम्वन्धित पूरातात्विक महत्वका स्थलहरु आज पनि ऐतिहासिक बनेर रहेको छ ।
राजमहिसौथा ः सिरहा जिल्लाको अर्को पूरातत्विक स्थल महिसौथा हो । यो ठाउँ सिरहा वजारसँग टाँसिएको उत्तर गाउँमा पर्दछ । सिरहा वजारको केही भागपनि महिसोथा ७ मा पर्दछ । यो ठाउँ सल्हेश लोकगाथासँग सम्वन्धित रहेको जनविश्वास छ । माहिसौथा वस्तीको उत्तरपूर्व तर्फ ५०० फिटको गोलाईमा फैलिएको एउटा डिस्को छ । यसै डिस्कोसँगै एउटा ठूलो तलाउ पनि छ । करीव २ विघा ९ कठ्ठाको उक्त पोखरी हेर्दा धेरै पूरानो लाग्दछ । पुरानो गढकै वाँकी भागमा एउटा मन्दिर छ । यस मन्दिरको अस्तित्व ५÷६ सय वर्ष पुरानो देखिन्छ भनी स्थानीय वुढापाकाहरु भन्दछन् । मन्दिरभित्र करीव १० फीट अग्लो हातीमाथि हौठा वनाई सलहेशको मूर्ति छ । छेउमा मोती राम तथा बुद्येश्वर घोडामा सवार छन् । हात्तीको एकातिर दिनामालिनी फुलको डाली लिई उभिएकी छिन् । स्थानीय वासिन्दाहरुको भनाइ अनुसार पहिले त्यहाँ पाँच सात सय वर्ष अघि सल्हेश नामक प्रतापि राजाले राज्य गर्दथे । त्यो स्थान उनले नै स्थापना गरेको हो भनिन्छ । यो पनि भनाइ छ कि सलहेशले आफ्नो वाहुवलले यो इलाका जिति राजा भएपछि यस स्थानमा आफ्नो राजधानी वनाए । यो स्थान गढको भाग्नावशेष हेर्दा ईटाको टुक्राहरु देखिन्छ । यो स्थान अवलोकन गर्नका लागि पूरातत्व विभागको टोली पनि आएको थियो तर आजसम्म यस प्राचिन ठाउँको उत्खनन नगरिएको गुनासो छ ।
पकडियागढ ः यो ऐतिहासिक स्थान सिरहा जिल्लाको महत्वपूर्ण लहान वजार देखि ५ किलोमिटर उत्तर पहाड छेउमा पर्दछ । यस स्थानमा करीव १५०० फीटको गोलाईमा फैलिएको पूरातात्विक स्थल छ । यो ठाउँ प्राचिन समयमा कुनै राजाको गढ थियो भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । स्थानीय जनविश्वास अनुसार पकडियाको पूरातात्विक स्थल राजा कुलेश्वरको दरवार थियो । त्यस कारण यदि त्यहा उत्तखनन् गराइयो भने राजाको गद्दी भेटाउन सकिन्छ । गढको वरिपरी इटाले वनेका पर्खालको भग्नावेष रहेको देखिन्छ । स्थानीयवासीका अनुसार केहि वर्ष अगाडि त्यस क्षेत्रका १० इन्च लामो र दूइ इन्च मोटाइ भएको केही इटा भेटिएको थियो । गढतिरको छेउ छाउमा इटाका टुक्राहरु प्रशस्त भेटिन्छ । हेर्दा अनुमान गर्न सकिन्छ कि यो ठाउँ कुनै पराक्रमी राजाको गढ हुनसक्छ । गढमा एउटा मन्दिर छ र पोखरीको पूर्व छेउमा एउटा मन्दिर छ । यसै मन्दिरमा राजा सलहेशको पनि उक्त मन्दिरमा भएको एउटा प्रतिमा स्थापित छ । राजा सलहेशको पनि उक्त मन्दिरमा घोडा चढेको मूर्ति छ । पकडिया गढमा राजा कुलेश्वरको घोडामा सवार भएको एउट प्रतिमा स्थापित छ । राजा सल्हेशको पनि उक्त मन्दिरमा घोडा चढेको मूर्ति छ । पकडिया गढमा राजा कुलेश्वरको पूजा हुन्छ ।
पतारी ः सिरहा जिल्लामा लक्ष्मीपुर गाविस अन्तर्गत पर्ने पतारी पोखरी ऐतिहासिक महत्व भएको स्थल हो । भनिन्छ राजा कुलेश्वरका कान्छा भाई हरिसिंह देवको यहाँ निवास स्थान थियो । हाल यस ठाउँमा हरिसिंह देवको दरवार छ । त्यतिवेला राजा रानीको प्रतिमा रहेको स्थानीय जनविश्वास छ । त्यो प्रतिमा जस्तो त लाग्दैन तर दुइटा कालो ढुङ्गाको पूजा अवश्य गरिन्छ । हेर्दा खेरि उक्त ढुंगा पूरानो लाग्दछ । यस ठाउँको दरवारको अगाडि एउटा पुरानो पोखरी छ । सलहेश पूmलवारी मेला हेर्नेहरु पतारी पूगी त्यहाँ नुहाउँछन, छोराछोरी नहुनेले सन्तानको माग गर्दछन् । नियमानुसार सन्तानको इच्छा गर्नेले पतारी पोखरीमा डुबुल्की मारेपछि जे भटिन्छ त्यो वस्तु लिई भिजेकै लुगा सहित भाग्नु पर्दछ । केहि पर पुगेपछि लुगा फेरी घर फकिन्छन् । जन विश्वास रहेको छ कि उक्त पोखरीमा नुहाउनाले सन्तान प्राप्ती हुन्छ । यस ठाउँमा बैशाख २ गते मेला लाग्दछ । यस ठाउँको उत्खनन गराएको खण्डमा केही नयाँ कुरा सबैको सामू आउने छ ।
मानिकदह ः सिरहा जिल्लाको लोकगाथासँग सम्वन्धित अर्को ऐतिहासिक स्थल मानिक दह हो । यो ठाउँ ऐतिहासिक भएपनि यसलई साँस्कृतिक थलोको रुपमा लिइन्छ । सिरहा जिल्लाको लहानदेखि १४ किलो मिटर उत्तर पश्चिम गोविन्दपुर गाविस अन्तर्गत पर्दछ । महिसौथाको सल्हेश मन्दिरदेखि यो दह पूर्व दिशातिर पर्दछ । यस दहको ऐतिहासिक विषयमा कसैले चौदण्डीको सेन राजा मनिक सेनले वनाएका भन्छन भने कसैले साविक देखि नै रहेको यो दह जीर्णोद्धार गरेको कुरा वताउँछन् । नेपाल एकिकरण भन्दा अघि यो क्षेत्र सेनबंशी राजाको इलाका थियो । यसै दहनिर कतै अम्वरपूर भन्ने ठाउँ थियो । जो पछि सप्तरीको सदरमुकाम कायम गरियो । चौदण्डीका सेनराजाहरु दिंग्दमा केहि महिना जाडो छल्नका लागि यस ठाउँमा समय विताउथे । हुनसक्छ मानिक दहको सुन्दरतावाट प्रभावित भएर सेन राजाहरुले दहको जीर्णोद्धार गरी त्यस ठाउँको नाम मानिक दह राखे ।
वर्तमान समयमा त्यस दहको ऐतिहासिकता भन्दा वढी धार्मिक महत्व छ, सिरहा जिल्लामा मान्यता के छ भने लोकनायक सलहेश प्रत्येक दिन मानिकदहमा स्नान गरेर लहान नजिक रहेको राजा फूलवारीमा फूल टिपी महिसौथा आई राजमाता र कमलाजीलाई पूजा ग¥र्थे । यो दहदेखी कतै नजिकै एउटा सफा मण्डप थियो जहाँ राजा सल्हेश सभामा वसेर जनसाधारणको पिरमार्का सुनि समाधान गरि दिन्थे । सलहेश गाथामा यसवारे यसरी वर्णन गरिएको पाइन्छ ।
सलहेश पूmलवारी ः सिरहा जिल्लाको प्राचिनस्थलको रुपमा सल्हेश फूलवारीलाई लिन सकिन्छ । हुन त यस स्थलको मान्यता धार्मिक रुपमा लिइन्छ । जनमानसले यस स्थललाई साँस्कृतिक थलोको रुपमा लिइन्छ । यो ठाउँ लहान नगरपालिकामा अर्थात लहानदेखि पश्चिम राजमार्गवाट दक्षिणमा पर्दछ । “राजा फूलवारी” को नामले प्रसिद्ध यो स्थल निक्कै पुरानो वन जस्तो आभाष हुन्छ । साढे नौं बिघामा फैलिएको उक्त वन राजा सलहेशको फुलवारी थियो भन्ने जन धारणा पाइन्छ ।
यस फूलवारीलाई टाढावाट हेर्दा प्राकृतिक सौन्दर्यले भरिपूर्ण लाग्दछ । फूलवारीको मन्दिरमा दुइटा मन्दिर ९गहवर देखिन्छ । पहिलो गहवर सलहेश महाराजाको छ भने अर्को छेउमा सानो मालिनी मन्दिर वनाइएको छ । गवहरहरुमा सलहेश र मालिनीको भब्य मूर्ति स्थापित गरिएको छ । गवहरका पूजारीले भने अनुसार गहवर पछाडि काँचको इनार थियो र त्यहाँ नदी जस्तै पानी वगेको देखिन्छ । गहवरदेखि नजिकै हारम नामको रुख छ । एउटा अनौठो कुरा के छ भने हारम नामक उक्त रुखको हाँगामा प्रत्येक वर्ष चैत्र मसान्तको दिन एक दिनको लागि त्यसमा एउटा फूल फूल्दछ । त्यो फूल हेर्दा माला जस्तो लग्दछ । फेरी २ गते उक्त फूल स्वतः सुकेर जान्छ । यसरी एक्कासी फूल रहित रुपमा फुलको थुंगो उम्रनु र वैशाख १ गते पछि स्वतः सुकेर जानु जस्तो घटना रोमांचक र अविश्वासनीय जस्तो लाग्दछ । तर यो वास्तविकता हो मन्दिरनिर रहेको हारमको रुखको हाँगामा झुण्डिदिन्छन । फूल वनेर उनी आउँछिन र सलहेशको खोजीमा रुन्छिन् । कुसमयमा रुखमा झुण्डिने गरेको फूल स्वयम् आफूमा विचित्र र लोकविश्वास सम्मत रहेको छ । सात सय वर्षदेखि यस प्रकारको परम्परा सलहेश फूलवारीमा रहेको देखिन्छ ।
सलहेश फूलवारीमा उत्खनन गर्ने वस्तु छैन । त्यो एउटा वन हो तर हरेक ऐतिहासिक पूर्व मध्यकाल समयको यो वनमा बैशाख १ गतेका दिन ठूलो मेला लाग्ने गर्दछ भारततिरका लाखौं शद्धालु मेला हेर्न आउँछन् । यस ठाउँलाई पर्यटक केन्द्र वनाउन सकिन्छ ।
सल्हेश फूलवारीदेखि अलि पश्चिम उत्तर कुनामा रहेको एउटा चौलाई सिलहत अखाडा भनिन्छ । भनाइ छ सल्हेश आफ्नो भाइ मोतीराम आफ्ना सात सय पहलमानसँग यहाँ कुश्ती खेल्ने ग¥र्थे । वर्तमान समयमा अखडा भन्ने ठाउँमा दूइटा मन्दिर वनेको देखिन्छ । अखाडाको पश्चिमतिर पूर्व मुख गर्ने गरी वनाइएको पहिलो मन्दिरमा छातीमा सवार सलहेशको मूर्ति स्थापित छ ।
यस मूर्तिको देव्रे र दायाँतिर मालिनी रदोना र कुसमाको साना तर आर्कषक मुर्तिहरु छन् । यस अतिरिक्त आखाडाको पूर्वतिर पश्चिममुखि वनाइएको अर्को मन्दिर घोडामा सवार राजा कुलेश्वर र उनका भाइ हरिसिंह देवको मुर्ति स्थापित छ । यो ठाउँलाई जिल्लाको साँस्कृतिक स्थलको रुपमा लिइन्छ । बैशाख १ गतेका दिन आखाडामा पनि मेला लाग्छ । भारतवाट हजारौं तिर्थयात्रीहरु मेला हेर्नका लागि आउँछन् । यस ठाउँलाई पनि पर्यटक स्थलको रुपमा विकसित गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

मधेसमा फेरी जुरमुराउँदै रैथाने परिषद

बिगतमा स्वतन्त्र मधेसको नारा दिएर बिखण्डनकारी गतिविधिमा सक्रिय सीके राउतको स्वतन्त्र मधेस गठबन्धन जनमत

सुखीपुरलाई सुन्दर नगरपालिका बनाउन सर्वपक्षीय छलफल

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारी थालेको छ । बज

मिर्चैयाको सनलाईट टेलर ग्राहकको अकर्षण बन्दै , २ नम्बर प्रदेशकै नमुना टेलर

मनिषा मण्डलसिरहा । जिल्लाको चल्तीको ब्यपारीक केन्द्र मिर्चैया बजार, सिरहा जिल्लाको उदयपुर, धनुषा र सप्तर


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६