प्रथम सुखीपुर नगर महोत्सवको मुख्य आकर्षण प्याज खेती र मिथिला पेन्टिङ्ग

  • प्रकाशित मितिः चैत्र २९, २०७४
  • मधेश स्पेशल
  • 1548 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / नगर महोत्सव मूल समारोह समिति सुखीपुरको आयोजना तथा नयाँ नेपाल एकिकृत विकास केन्द्र सुखीपुर संघ लगायत दर्जनौं संघ संस्थाको सहआयोजनामा भइरहेको महोत्सवमा मिथिला पेन्टिङ्ग र प्याज खेती मुख्य आकर्षण बनेको छ ।
चैत २६ गतेदेखि शुरु भएको प्रथम सुखीपुर नगर महोत्सवको तेस्रो दिन सम्म आईपुग्दा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको छ । ग्रामिण परिवेसको महोत्सव भएपनि महोत्सव अवलोकन गर्न लहान नगरपालिका , गोलबजार नगरपालिका , धन्गढीमाई नगरपालिका , लक्ष्मीपुर पतारी गाउँपालिका, बरियारपट्टी गाउँपालिका र औरही गाउँपालिका लगायतका स्थानीय निकायबाट दर्शकहरुको उल्लेख्यनीय सहभागिता रहेको आयोजकको भनाई छ । तेस्रो दिन सम्म महोत्सवमा करिव २५ हजार दर्शकले मेला अवलोकन गरेको आयोजकको भनाई छ । सात गाविसलाई मिलाएर सरकारले घोषणा गरेको सुखीपुर नगरपालिकाको जन्म दिनको अवसर पारेर महोत्सव आयोजना गरेको छ ।
नगरको इतिहास र सुखीपुर नामलाई संसार भर चिनाउन महोत्सव नै उपयुक्त ठानेर महोत्सव आयोजना गरिएको नगर महोत्सव मूल समारोह समिति सुखीपुरका संयोजक  वीपी भुवन यादबले बताउछन् । मुलुकलाई नै थाहा नभएको सुखीपुर नामलाई महोत्सवको माध्यमबाट चिनाउन सहज हुने विश्वास लागेर महोत्सव आयोजना गरेको बताए ।
सुखीपुर नगरी भित्र प्रसस्त धार्मिक पर्यटकीय क्षेत्र रहेको र कृषि पनि पकेट क्षेत्र भएकाले कृषिलाई नै बढी प्रथामिकतामा राखेर महोत्सव आयोजना गरिएको छ । महोत्सव स्थलमा कृषि प्रदर्शनीका लागि नयाँ नेपाल साना किसान कृषि सहकारी संस्था लिमिटेड सुखीपुरले स्टल भित्र नै प्याज खेतीको प्रदर्शनी गरेपछि महोत्सवकै आकर्षण बनेका छन् ।
महोत्सवलाई आर्थिक रुपले सम्पन्न बनाउन स्टलहरुको महत्वपूर्ण भुमिका रहने गर्दछ । स्टलहरुमा मेला अवलोकन गर्न आउने दर्शकहरुले खोजेको सामाग्री भन्दा आफनो रहन सहन लगायतका मिथिला पेन्टिङ्ग लगायतको शिक्षा र धर्ममुलक स्टल व्यवस्थापनको मुख्य भुमिका रहन्छ ।
चैत ३० गते सम्म संचालन हुने महोत्सवलाई सफल बनाउन स्थानीय रुपमा उत्पादन गरिएका कुम्हालेको भाडा, डोम समुदायले बनाईको वासको सामग्री, किसानका लागि प्याज खेती , मिथिला पेन्टिङ्ग , मोटर साईकल शो रुम , सिटी रिक्सा स्टल, कृषि विकास बैंकको खाता सेन्टर, फलामबाट निर्माण गरिएको औजार लगायतका प्रर्शनीमा राखिएको छ भने महोत्सवमा कला क्षेत्रका लोकप्रीय वरिष्ठ गायकहरुमा गुरुदेव कामैत, धिरेन्द्र प्रेमर्शी, राज कुमार यादब, डा. अभाष लाभ, रुपा झा, संजय यादब, प्रिती झा, अन्जु यादब, दिपक शर्मा, शावण कुमार, कमल मण्डल, सानु माया यादब, श्याम सुन्दर यादब, ज्योती प्रकाश, अस्मीन राज भण्डारी, राजन पन्त, मिथिला देवी, विनोद गुप्ता, नर बहादुर वि.क, प्रमिला परियार, रिता मान्धर, हरिओम मेहता, प्रितम थापा, हरेराम यादब, संजित झा, पुनम दास, र रन्जु यादब लगायतका कलाकारहररु मनोरजंन कार्यक्रम गरिरहेकोे छ ।

 

Image may contain: 7 people, including Indra Yadav, people standing, crowd and outdoor

Image may contain: 5 people, including Sundar Yadav and Royantar Mandal, people smiling, people standing and outdoor

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

लहानमा पनि नवौंँ उद्योग दिवस मनाइयो

रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्यमीको सम्मान भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग क

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६