बीपी प्रतिष्ठान बिवाद उत्कर्षमा

  • प्रकाशित मितिः चैत्र 29, 2074
  • मधेश स्पेशल
  • 155 पटक पढिएको

धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रोफेसर डा. बलभद्रप्रसाद दासले बर्तमान उपकुलपति प्रोफेसर डा राजकुमार रौनियारको नियुक्ती प्रतिष्ठान नियमावली बिपरित भएको भन्दै सर्वोच्च अदालतमा परेको उजुरीको बिषय बाहिर सार्वजनिक भएको छ।

आर्थिक अनियमितता, भ्रष्टाचार, कमिशनखोरी र हरेक बिषयमा बिवाद चुलिदै जानु तथा कर्मचारी बृत्तमा समेत प्रतिष्ठानका जिम्मेवार पदाधिकारीहरुबीच तालमेल एवं समन्वय स्थापित नहुनुले बिबादले चर्को रुप लिन थालेको ब्यापक चर्चाको बिषय बन्न पुगेको पाईएको छ।

प्रतिष्ठान सञ्चालन सम्वन्धि नियम २०४९ ले दिएको अधिकारको बर्खिलाप हुने गरी तत्कालिन सरकारका स्वास्थ्यमन्त्रीले सहकुलपतिको हैसियतले प्रतिष्ठानका कुलपति अर्थात प्रधानमन्त्रीले उपकुलपति सिफारिस समिति िगठन गर्नुपर्ने नियमावलीले स्पष्ट किटान गरेको छ। प्रधानमन्त्रीद्धारा सहकुलपतिको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले उपकुलपति नियुक्ती समितिको सिफारिस हुनुपर्ने नियमावलीले ब्यवस्था गरेको छ।

तर तत्कालिन स्वास्थ्यमन्त्रीबाट आफैले गठन गर्नुभएको समितिले प्रतिष्ठानमा कार्यरत ११ जना र बाहिरका ३ जना गरी कुल १४जना उपकुलपतिका उम्मेदवारको नाम सहित उनीहरुको प्रतिबद्धता लिई तीमध्ये प्रोफेसर डा. राजकुमार रौनियार आफ्नै सल्लाहकार रहनुभएका डा.रमेश कोईराला र प्रतिष्ठानका शिक्षाध्यक्ष प्रोफेसर डा बिक्रमप्रसाद श्रेष्ठ सहित तीनजना उपकुलपतिमा नियुक्त गर्न प्रधानमन्त्री समक्ष सिफारिस गरिनु नै गैरकानुनी भएको भन्दै पूर्व उपकुलपति प्रो.डा.दासले सर्वोच्चमा रिट निवेदन दिनुभएको पाईएको छ।

प्रतिष्ठानको हित र सर्वसाधारणको उपचारमा केन्द्रित हुनुपर्ने बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पकिल्लो समयमा एकपछि अर्को गर्दै बिवाद, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानी एवं घेराबन्दी पर्दै जानु आदि कारणले प्रतिष्ठान उभो लाग्नुभन्दा पनि ओरालिँदै गएकोले यो प्रतिष्ठान पदाधिकारीको चर्कलो लापर्वाही र मनमौजीप्रति धरानबासी अत्यन्तै गम्भीर बन्न पुगेको पाईएको छ।

यो विषयमा प्रतिष्ठानका पूर्व उपकुलपति प्रोफेसर डा.बीपी दासले सञ्चारकर्मीहरुसँगको कुराकानीमा मौलाउँदै बेथिति र प्रतिष्ठान सञ्चालन सम्वन्धि नियम विपरितको काम कार्वाही रोकी पाउन आफुले सर्वोच्च अदालतमा न्यायका लागि याचना सहित उजुरी गरेको तथा त्यसको आगामी बैशाख ३ मा पेशी समेत रहेको जानकारी दिनुभएको छ।

प्रतिष्ठानको खस्कदो अवस्थाप्रति चिन्तित बन्दै कर्मचारीहरुले समेत प्रतिष्ठानलाई लथालिङ्ग पार्ने कार्यमा सञ्चालक परिषदका जिम्मेवार ब्यक्तीहरुकै दोष रहेकाले प्रतिष्ठान धरासायी हुनबाट जोगाउन जरुरी रहेको तर्फ सम्पूर्ण कर्मचारीहरुले सचेत बन्नुपर्ने बेला आएको पनि सञ्चारकर्मीहरु समक्ष औल्याउन थाल्नुभएको पाईएको छ।

प्रतिष्ठानभित्र चुलिदै गएको बिवाद अनियमिता भ्रष्टाचार बेथिति र प्रतिष्ठानका जिम्मेवार पदाधिकारीहरुले देखाउने गरेको गैर जिम्मेवार काम कार्वाहीप्रति आजित बन्दै धरानबासीले बेला बेलामा चनाखो बन्दै समिति नै गठन गरेर प्रतिष्ठानले गर्दै आएको गलत कार्य बिरुद्ध सचेत समेत गराउँदै आएको छ। धरानबासीले प्रतिष्ठान नेपालकै महत्वपूर्ण चिकित्सा क्षेत्रको सम्पत्ती भएकाले चलखेल नगर्न समेत चेतावनी दिँईदै आएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६