नेकपाका कार्यकर्ताद्वारा उज्जन श्रेष्ठको शालिक तोडफोड

  • प्रकाशित मितिः चैत्र 29, 2074
  • मधेश स्पेशल
  • 293 पटक पढिएको

नेत्रबिक्रम चन्द बिप्लब नेतृत्वको नेकपाका कार्यकर्ताले उज्जन श्रेष्ठको शालिक तोडफोड गरेका छन्। रामेछापको लिखु तामाकोसी गाउँपालिका ४ स्थित अरुणदय माविको हाताभित्र रहेको श्रेष्ठको शालिक बुधबार मध्यराति तोडफोड भएको हो।

‘एकीकृत जनक्रान्ति जिन्दावाद, जनयुद्धका हत्यारालाई छोड्दैनौं, उज्जन हत्यारा हो, बालकृष्ण ढुंगेललाई रिहाई गर’ जस्ता नारा लगाउँदै आएका नेकपाका कार्यकर्ताले शालिक तोडफोड गरेको स्थानीयले बताएको एभरेष्ट दैनिक अनलाईनले समाचार लेखेको छ।

माओवादीद्वन्दकालिन मुद्दा ब्युताएर बालकृष्ण ढुंगेललाई जेल हालेको, बिद्यालय हाताभित्र मनोमानी ढङ्गले शालिक निर्माण गरेको र शालिक निर्माणको नाममा बिदेशी डलर ल्याएकोले तोडफोड गर्नुपरेको नेकपाले जनाएको छ। शालिकको केही दिन पहिलेमात्रै अनावरण गरिएको थियो ।

यस्तो छ बालकृष्ण ढुंगेल प्रकरण
माओवादी नेता बालकृष्ण ढुंगेललाई माओबादीद्वन्द कालमा भएको घटनामा दोषी ठहर गर्दै सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। त्यहीअनुसार ढंगेल डिल्लीबजारस्थित सदरखोरमा सजाय भोगिरहेका छन्।

पूर्व सभासद् समेत रहेका ढुंगेललाई सर्वोच्चले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा दोषी ठहर गरेको थियो। श्रेष्ठलाई २०५५ असार १० गते मारिएको दाबी गरिएको छ। तर, उनको शवको पोष्टमार्टम नै नभएकोले हत्या नै भएको हो भन्ने पुष्टि भएको छैन। घटनामा दोषी ठहर गर्दै जिल्ला अदालत ओखलढुंगाले ढुंगेललाई सर्वश्वसहित जन्म कैदको फैसला सुनाएको थियो।

माओवादी नेता हुनुको नाताले द्वन्दकालमा भएका घटनाको जिम्मा लिनुपर्ने भएपनि फैसलामा भनिएजस्तो ढुंगेल घटनामा संलग्न नभएको उनिहरुले जिकिर गरेका छन्। त्यही आधारमा तत्कालिन पुनरावेदन अदालत राजबिराजले ढुंगेललाई निर्दोष ठहर गरेको थियो। पहिलो पटक ७ वर्ष ६ महिना ढुंगेल जेल बसिसकेका थिए तर, श्रेष्ठ परिवार सर्वोच्च पुगेपछि पुनरावेदन अदालतको फैसला सर्वोच्चले २०६६पुसमा उल्टायो र जिल्ला अदालत ओखलढुंगाको फैसला सदर गरेको थियो।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, न्यायाधीश शुसिला कार्की, बैद्यनाथ उपाध्याय, गोपाल पराजुली र ओमप्रकास मिश्र सम्मिलित संवैधानिक इजलासले ढुंगेललाई दोषी ठहर गरेको थियो। फैसलापछि पुनरावेदन गर्ने ठाउँ पनि सकिएको थियो। फैसलापछि प्रहरीले बालकृष्णलाई गिरफ्तार गर्न सकेको थिएन।

यसैबीच तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आम माफिको लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए तर सर्वोच्चले रोकेको थियो। बैशाख ३१ गते अधिवक्ता दिनेश त्रिपाठीले अवहेलना सम्बन्धी मुद्दा हाल्दै पक्राउ गरी कारागार चलान गर्न माग गरेका थिए। त्यसैलाई आधार बनाएर सर्वोच्चले प्रहरी प्रमुख प्रकाश अर्यालको नाममा आदेश दियो।

फेरि उज्जनकी दिदी सावित्री श्रेष्ठले अर्यालको नाममा अवहेलना मुद्दा हालेपछि प्रहरीले बालकृष्णलाई प्रहरीले कात्तिक १४ गते सातदोबाटबाट गिरफ्तार गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

‘‘ राम बहादुर महतोको सम्झना ’’ अभिभावक खोज्दै सुखीपुरका गरिब दलित

रोयाण्टर मण्डल गजेन्द्र बाबुको पला देखि नै मधेशबादको पक्षमा लडि रहने जिल्लाको मात्रै होईन देशभरकै पार्ट

सुखीपुरमा ट्रक दुर्घटना , सह चालक घाईते

राेयाण्टर मण्डल सुखीपुर (सिरहा) / जिराेमाईलबाट कुशहा आउदै गरेकाे  BR210G913 नम्वरकाे माल बाहक ट्रक  दुर्घटना

स्वर्गिय युवा नेता राम बहादुर महताेकाे श्रद्धाञ्जलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

राेयाण्टर मण्डल सिरहा । गरिब, असाहय बिरामीहरूलाई लक्षित गर्दै सिरहाकाे सुखीपुरमा सुखीपुर बचाउ संघर्ष स


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६