दर्ता बिना सञ्चालनमा आएको त्रिशा इन्टरप्राइजेजमा प्रशासनद्वारा बन्द

  • प्रकाशित मितिः चैत्र 27, 2074
  • प्रनिश थापा
  • 184 पटक पढिएको

चितवन/ आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता नै नगरी सञ्चालनमा आएको यहाँका एक पसलमा जिल्ला प्रशासन कार्यालय चितवनको बजार अनुगमन टोलीले मंगलबार बन्द गरेको छ ।

वीरगञ्जको त्रिशा इन्टरप्राइजेजको नारायणगढ शाखालाई प्रशासनले बन्द गराएको हो ।

वीरगञ्जमा मुख्य कार्यालय रहेको इन्टरप्राइजेजले राजस्व कार्यालयमा दर्ता गरेको भएपनि नारायणगढ शाखाले भने यहाँको राजस्व कार्यालयमा दर्ता नगरेको अनुगमन टोलीका संयोजक एवम् बजार संरक्षण अधिकृत ओम नारायण शर्माले जानकारी दिए ।

विविध खाद्य पदार्थको थोक व्यापार गर्ने त्रिशा इन्टरप्राइजेज नारायणगढ शाखालाई दर्ता पछि मात्रै सञ्चालन गर्न निर्देशन दिइएको शर्माको भनाइ छ ।

त्रिशा इन्टरप्राइजेजले उत्पादन मिति उल्लेख नभएका मेथी लगायत अन्य खाद्य पदार्थ समेत बिक्री वितरण गरिरहेको फेला पारिएको थियो ।

त्यस्तै, नारायणगढको बालकुमारी रोड स्थित केहि पसलहरुले बालबालिकाले खाने प्रतिबन्धित पदार्थ बिक्री वितरण गरिरहेको फेला पारेको शर्माले बताए ।

त्यस्ता खानेकुराको बिक्री वितरण तत्काल रोक्न निर्देशन दिइएको शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६