कर्मचारी काममा नगए बिदा दिइने छः मन्त्री पण्डित

  • प्रकाशित मितिः चैत्र 27, 2074
  • मधेश स्पेशल
  • 267 पटक पढिएको

विराटनगर/ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तीन तहको संघीय संरचनानुसार कर्मचारी आवश्यक परेकाले हाललाई कर्मचारी स्वेच्छिक अवकाश प्रक्रिया स्थगन गरिएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले स्थानीय निकायमा जनताको सेवा गर्ने कर्मचारी अपुग भएकाले आवश्यक दरबन्दी पूरा गर्न सरकारले कर्मचारीको स्वेच्छिक अवकाश स्थगन गरेको प्रष्ट पार्नुभयो ।

मन्त्री पण्डितले सबै कार्यालयमा परिपत्र पठाई स्थानीय निकायमा खटिएका कर्मचारीलाई पहिलेको कार्यालयमा हाजिर गराउन मन्त्रालयले रोक लगाएको बताउँदै लुकीछिपी हाजिर गराउनदिने प्रमुखलाई कारवाही गरिने चेतावनी दिनुभयो ।

कर्मचारीलाई सरकारले खटाएका ठाउँमा जान बारम्बार आह्वान गरिएको बताउँदै नगएमा त्यस्ता कर्मचारीलाई बिदा दिइने स्पष्ट गर्नुभयो । अको प्रसङ्गमा उहाँले आफूले चाहेको सचिव आफ्नै मन्त्रालयमा हुनुपर्छ भन्ने सोच राख्न नहुने बताउँदै सबै सचिवहरुले आआफनो जिम्मेवारी लिइसक्नुभएको प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अभियान लघुवित्त वित्तीय संस्थाका शाखा सुखीपुरमा स्थापना

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सुखीपुरमा आफ्नो शाखा कार्यालय

सुखीपुरमा मिथिला लोक सांस्कृतिक महोत्सव हुने

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुरमा “अपन संस्कृति अपन पहिचान, समृद्ध संस्कृती हमर अभियान&rdq

सुखीपुरमा संस्कृति जोगाउन चित्र कला प्रदर्शनी

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / दक्षिण कोरिया र मिथिला चित्र कला प्रदर्शनी सोमबार देखि बुधवार ( माघ २७ देखि


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६