सुखीपुरलाई अव स्वर्णपुर बनाउनु पर्छ : प्रदेश प्रमुख कायस्थ

  • प्रकाशित मितिः चैत्र 27, 2074
  • रोयाण्टर मण्डल
  • 244 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / नगर महोत्सव मूल समारोह समिति सुखीपुुरको आयोजनामा सोमबारबाट सुखीपुर नगरपालिका ८ मा प्रथम नगर महोत्सव सुरु भएको छ । २ नम्बर प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थ दाहालले उद्घाटन गरेको उक्त महोत्सव चैत ३० गतेसम्म सञ्चालन हुने छ ।
महोत्सव उद्घाटन समारोहमा बोल्दै प्रदेश प्रमुख कायस्थले सुखीपुरलाई अव स्वर्णपुर बनाउनु पर्छ । सुखीपुरको जनताहरुले गुमेको नगरपालिकालाई शान्तिपुर्ण सत्याग्रह गरेर फर्काउन सकिन्छ भने स्वर्णपुर बनाउन सकिन्छन् । सुखीपुर नगरलाई ’कृषि , पर्यटन र आर्थिक क्षेत्रमा सुखीपुरको विशेष सम्भावना भएकाले सुखीपुरका विकासका लागि सहयोग गर्ने बताए ।
महोत्सवमा आफनो संस्कृति झल्किने खालकोको मिथिला चित्रकाला लगायतका स्थानीय उत्पादित सामग्रीहरुको अवलोकन गरेर खुशी लागेको छ । हाम्रो सस्कृति झल्काउने महोत्सव रहेको छ ।
कार्यक्रममा सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादबले नगर महोत्सव समितिलाई धन्यवाद दिदै आगन्तुक अथितीहरुलाई सुखीपुरलाई विकास गर्न प्रदेश सरकारबाट सहयोग गरिदिन आग्रह गर्दै । सुखीपुर नगरभित्रका प्रकृतिक, रहन सहन, रितिरिवाज लगायत सुखीपुरको नगरपालिकामा एकापसमा मिलेर योजना बनाउँदै अगाडि बढेको प्रमुख यादबले भने ।
कार्यक्रममा २ नम्बर प्रदेशसभाका सदस्य मदन शेन श्रीवास्तव, नरेश यादब र सुनिता रामले सुखीपुर नगरलाई विकास गर्न आफुहरु आउदो बजेटमा रकम छुटयाई विकास काममा सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो ।
सुखीपुरमा फस्टाउँदो अवस्थामा रहेको प्याज खेतीलाई प्रवद्धर्नका लागि महोत्सवमा विशेष व्यवस्था गरिएको छ । महोत्सवमा नयाँ नेपाल साना किसान कृषि सहकारी संस्थाले महोत्सव स्थलमै प्याज खेती गरिएको स्टल राखिएको थियो । महोत्सवको आकर्षण मिथिला चित्रकाला र प्याजको खेती रहेकोले प्रमुख अतिथी प्रदेश प्रमुख काश्यथले प्याज स्टलमै अवलोन गर्दै तस्वरी समेत खिचाउनु भएको थियो ।
महोत्सव परिसरमा जिल्लाका दैनिक उपभोग्य वस्तु , कृषि, डेरी, मोटर साईकल , खाने परिकारहरु, स्कुलहरुको स्टल लगायतका विभिन्न विशेष स्टल रहेका छन् । महोत्सवका स्टलमा दैनिक उपभोग्य वस्तुका साथै प्रविधिसँग सम्बन्धित यन्त्र उपकरण पनि बिक्रीमा राखिएका छन् । सोमबारबाट स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारले गीत, नृत्य र हास्य–व्यंग्यात्मक प्रहसन पनि प्रस्तुत गर्ने छन् । सुखीपुरको खेल विकाससँग जोडिएका नगर स्तरीय क्रिकेट प्रतियोगिता समेत सञ्चालन गरेका छन् ।
महोत्सवको अवलोकन २० हजारले गर्ने आयोजक समितिका संयोजक वी.पी. भुवन यादबको अनुमान छ । महोत्सव अवधिभर १ करोड रुपैयाँको कारोबार हुने अनुमान आयोजकले गरेका छन् ।
महोत्सव कार्यक्रमको अध्यक्षता नगर महोत्सव मूल समारोह समिति सुखीपुरका संयोजक वीपी भुवन यादब , स्वागत मन्तव्य राजापा नेपालका सिरहा अध्यक्ष राम बहादुर महतो र उद्घोषण श्याम यादबले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६