कर नतिर्ने चर्चित व्यवसायीको नाम सार्वजनिक, ३३६ कम्पनीका बैंक खाता रोक्का गर्दै अथमन्त्री

  • प्रकाशित मितिः चैत्र 27, 2074
  • मधेश स्पेशल
  • 230 पटक पढिएको

इटहरी/ सरकारी ढुकुटी रित्तिएपछि अर्थमन्त्री युवराज खतिवडा आक्रामक रुपमा अघि बढेका छन् । उनले मन्त्रालय र राजश्व प्रशासनका अधिकारीलाई वक्यौता कर असुली गर्न र कर तिर्न आनाकानी गर्नेलाई कारवाहि गर्न निर्देशन दिएका छन् । उनी अर्थमन्त्री भए लगत्तै भन्सार नाकामा कडार्इ सुरु भएको थियो ।

मंगलबार आन्तरिक राजस्व कार्यालय क्षेत्र न २ ले मुल्य अभिवृद्धि कर, आय कर लगायतका कर बक्यौता रहेका २५ ठूला संस्था तथा व्यक्तिरहित ३३६ कम्पनीलार्इ बाँकी बक्यौता तिर्न भन्दै सावर्जनिक सूचना नै जारी गरेपछि उध्योगि व्यापारीमा खैलाबैला मच्चिएको छ । आयकर र मुल्य अभिवृद्धि कर नर्तिने ३३६ वटा कम्पनीलाई कर तिर्न पटक–पटक ताकेता गर्दा समेत कुनै प्रतिक्रिया नआएपछि राजस्व कार्यलयले सार्वजनिक सूचना प्रकाशित गरेको हो ।

‘३३६ वटै कम्पनीले बक्यौता रकम तिरेका छैनन, १५ दिन भित्र कर तिर्न कम्पनीहरुलाई समय दिएका छौं, यदि तिरिसकेको अवस्था छ भने सोको प्रमाणपत्र समेत तोकिएको मितिमा कार्यालमा पेश गर्नुपर्छ’, कार्यालयका एक अधिकारीले भने । कर नतिरेमा कर नतिर्ने कम्पनीहरुलाई बैंक खाता बन्द गर्ने, आयात निर्यातमा रोक लगाउने, कम्पनीको नाममा रहेको जिन्सी सामाग्री लिलामी गर्ने तयारी कर कार्यालयले गरेको छ । कर नर्तिनेहरुमा खाद्य संस्थान, चीनीयाँ हाइड्रो कर्पोरेशन, एनजेएस कन्सल्टायन्टस, शर्मा युनाइटेड विल्डर्स, दिवा निर्माण जेभी लगायत ३३६ वटा कम्पनी रहेको छ ।

त्यसमा चर्चित व्यवसायीहरू अरुण कुमार चौंधरी, राहुल अग्रवाल,ओम बहादुर राजभण्डारी, सुकुन्त लाल हिराचन, किरण कुमार मुडभरी, मेघा अग्रवाल, सुभेन्द्र कुमार राजभण्डारी, भवानीराज पाण्डे, प्रकाश रुद्र श्रेष्ठ, संजिव गोयल, लाल बहादुर तामाङ, भुवनेश्वर पन्त, किसुन ध्वज कार्की, शिवेक अग्रवाल, सुनिता बोहरा, भवानी तुलाधर, महेश कमार गुप्ता, रजनी तुलाधर, मशमविर प्रसाद अग्रवाल, विवेक शर्मा, नरेन्द्र कुमार श्रेष्ठ, देवी बहादुर श्रेष्ठ, श्रीराज सिंह शहर्जन, संजय चमडिया लगायतको नाम सार्वजनिक गरिएको छ ।

यसमध्ये खाद्य संथानले १५ करोड आयकर तिरेको छैन भने चीनीयाँ सिनोहाइड्रो कम्पनीले १५ लाख मुल्य अभिवृद्धि कर तिरेको छैन । ३३६ वटा कम्पनीबाट अर्बौ रकम उठन बाकीँ रहेको राजस्व कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६