बादलको बोल्ड निर्णय: सरकारलाई धम्काउने सिन्डिकेटको अव नविकरण नहुने

  • प्रकाशित मितिः चैत्र 27, 2074
  • मधेश स्पेशल
  • 175 पटक पढिएको

इटहरी/ सिन्डिकेट विरुद्द कठोर बनेको सरकारलाई घुँणा टेकाउने भनेर यातायात व्यवसायीले धम्क्याउन थालेपछि गृहमन्त्री राम बहादुर थापा बादलले कठोर निर्णय लिएका छन् । उनले यातायात व्यवसायीका संघ–समितिहरुको नवीकरण नगर्ने र सडकमाथि उनीहरुको एकाधिकार अन्त्य गर्ने प्रस्ताव मन्त्रीपरिषदको वैठकमा लगेका हुन् ।

सिन्डिकेट बचाउन र सडकमाथीको एकाधिकार कायम राख्न यातायात व्यवसायीले आन्दोलन गरेर सरकारलाई घुँडा टेकाउने धम्की दिएपछि गृहमन्त्रीले सो प्रस्ताव मन्त्रिपरिषदमा लगेका हुन् । यातायात व्यवसायीका समिति र संघ – संस्था दर्ता तथा नविकरण जिल्ला प्रशासन कार्यालयमा हुँदै आएका छन् ।

गृहमन्त्रीले यातायात व्यवसायीका समिति र संस्था जिल्ला प्रशासनवाट नहुने व्यस्था गर्न प्रस्ताव मन्त्रीपरिषदमा लगेपछि सरकार सिन्डिकेट विरुद्द कठोर बनेर आउने संकेत देखिएको छ । नाफामुखी संस्थाहरू कम्पनीका रूपमा दर्ता हुनुपर्छ, तर यातायात समिति गैरसरकारी संस्था ९एनजीओ०का रूपमा दर्ता हुँदै आएका थिए ।

एनजीओका रूपमा दर्ता भएका संस्था गैरनाफामूलक, गैरव्यापारिक र गैरराजनीतिक चरित्रको हुनुपर्ने प्रावधान छ । तर यातायात समितिहरूले नाफामूलक, व्यापारिक र राजनीतिक काम गर्दै आएका छन् । उनीहरूले निजी सवारी धनी ९कार वा मोटरसाइकल०ले जस्तै सवारी कर, सवारी परीक्षण शुल्क र रुट परमिटको रुपमा दस्तुर तिर्छन् । तर, यात्रुबाट प्राप्त रकमबाट एक रुपैयाँ पनि कर तिर्दैन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

‘‘ राम बहादुर महतोको सम्झना ’’ अभिभावक खोज्दै सुखीपुरका गरिब दलित

रोयाण्टर मण्डल गजेन्द्र बाबुको पला देखि नै मधेशबादको पक्षमा लडि रहने जिल्लाको मात्रै होईन देशभरकै पार्ट

सुखीपुरमा ट्रक दुर्घटना , सह चालक घाईते

राेयाण्टर मण्डल सुखीपुर (सिरहा) / जिराेमाईलबाट कुशहा आउदै गरेकाे  BR210G913 नम्वरकाे माल बाहक ट्रक  दुर्घटना

स्वर्गिय युवा नेता राम बहादुर महताेकाे श्रद्धाञ्जलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

राेयाण्टर मण्डल सिरहा । गरिब, असाहय बिरामीहरूलाई लक्षित गर्दै सिरहाकाे सुखीपुरमा सुखीपुर बचाउ संघर्ष स


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६