शौचालय नबन्दै तामझामका बिच सप्तरी खुला दिसामुक्त घोषणा

  • प्रकाशित मितिः चैत्र 23, 2074
  • मधेश स्पेशल
  • 164 पटक पढिएको

सप्तरी/ सप्तरी जिल्लामा अझैं करिब २५ प्रतिशत शौचालय निर्माण हुन बाँकी रहेको भनी व्यापक आलोचना भईरहेकै अवस्थामा बुधवार जिल्ला खुला दिसामुक्त घोषणा गरिएको छ ।

जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति सप्तरीले राजविराज स्थित राज रङ्गशालामा बुधवार भव्य समारोहका बिच प्रदेश नम्वर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र कुमार सोनलले जिल्लालाई खुला दिसामुक्त घोषणा गरेको हो । क्षेत्रीय खानेपानी सरसफाई समन्वय समितिबाट चैत १२ गतेदेखि १३ गते अनुगमन प्रमाणिकरण हुँदा गुणस्तरीयता कायम भएको भन्दै जिल्लालाई खुला दिसामुक्त घोषणा समारोह आयोजना गर्न सुझाव दिएको थियो ।

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको चैत १५ गते बसेको बैठकको निर्णय अनुसार घोषणा मिति तय गरी जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ । प्तरीलाई सन २०१६ भित्रै खुला दिसामुक्त घोषणा गर्ने योजना रहेकोमा शौचालय निर्माण कार्य पुरा हुन नसकेको भन्दै पटक–पटक घोषणा मिति सारिंदै आएको थियो । प्राप्त जानकारी अनुसार राष्ट्रिय नीति अनरुप नै सप्तरीसहितका जिल्लाहरुलाई २०१७ भित्र खुला दिसामुक्त घोषणा गर्ने समय सिमा तोकिएकोमा समयमा काम पुरा हुन नसकेकोले पछिल्लो समय दातृ निकायको दवाबका कारण समान्य प्रक्रिया पुर्याए हतार–हतारमा खुला दिसामुक्त घोषणा गर्ने कार्यलाई अगाडि बढाईएको थियो ।

गाउँपालिका र नगरपालिकाका वडाहरु नै खुला दिसामुक्त घोषणा भएको अवस्थामा जिल्लामा एकै दिन ६ ओटा नगरपालिका र गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको थियो । पछिल्लो पटक क्षेत्रीय अनुगमन समितिले समेत काम चलाउ हिसाबको अनुगमन गरि खुला दिसामुक्त घोषणा गर्नका लागि योग्य रहेको भन्दै प्रमाणिकरण गरेका थिए । सोही अनुरुप नै दातृ निकाय र स्थानीय गैरसरकारी संस्थाहरुको मिलोमतोमा जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको हो ।

घोषणा समारोहमा नगरपालिका र गाउँपालिकाका प्रमुख, सरकारी तथा गैरसकारी संस्थाका प्रमुख, दातृ निकायका प्रमुख एवम् प्रतिनिधी, सरसफाइ अभियन्ता, सञ्चारकर्मी, नागरिक समाज, कलाकार समेतका प्रतिनिधीहरुलाई सम्मानपत्र, मायाको चिनो, फुल माला लगाएर करिब ६ सय जनालाई सम्मान गरिएको छ ।

सप्तरी जिल्लाको कुल १ लाख १९ हजार ६ सय ८२ घरधुरी मध्ये करिब २५ प्रतिशत घरमा अझै शौचालय निर्माण हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

‘‘ राम बहादुर महतोको सम्झना ’’ अभिभावक खोज्दै सुखीपुरका गरिब दलित

रोयाण्टर मण्डल गजेन्द्र बाबुको पला देखि नै मधेशबादको पक्षमा लडि रहने जिल्लाको मात्रै होईन देशभरकै पार्ट

सुखीपुरमा ट्रक दुर्घटना , सह चालक घाईते

राेयाण्टर मण्डल सुखीपुर (सिरहा) / जिराेमाईलबाट कुशहा आउदै गरेकाे  BR210G913 नम्वरकाे माल बाहक ट्रक  दुर्घटना

स्वर्गिय युवा नेता राम बहादुर महताेकाे श्रद्धाञ्जलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

राेयाण्टर मण्डल सिरहा । गरिब, असाहय बिरामीहरूलाई लक्षित गर्दै सिरहाकाे सुखीपुरमा सुखीपुर बचाउ संघर्ष स


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६