प्रथम सुखीपुर नगर महोत्सवमा चर्चित कलाकारहरु आउने

  • प्रकाशित मितिः चैत्र 23, 2074
  • रोयाण्टर मण्डल
  • 253 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा), २३ चैत / सिरहाको सुखीपुर नगरपालिका ८ सुखीपुर बजारमा यही चैत २६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रथम सुखीपुर नगर महोत्सवमा चर्चित कलाकारहरु आउने भएका छन् ।
महोत्सवमा नेपाली मैथिली क्षेत्रमा ख्याती प्राप्त गायक, संगितकार, हास्यव्यंग्य र मिथिला हस्तकारका क्षेत्रका कलाकार आफ्नो प्रस्तुतिका लागि आउने महोत्सव मूल समितिका संयोजक एवं कार्यक्रम संयोजक वीपी भुवन यादबले जानकारी दिएका छन् ।
सुखीपुर नगरपालिका बिना कारण नेपाल सरकारले गाउँपालिकामा परिवर्तन गरेपछि यहाँका युवाहरु विभिन्न प्रकार दवाबमूलक आन्दोलन गदै अन्तमा आमरण अनशनमा बसेपछि पुन सुखीपुरलाई नगरपालिकामै राखेपछि संघर्षबाट प्राप्त उपलब्धिलाई यादगार बनाउनका लागि गर्न लागिएको महोत्सवमा विभिन्न गीत संगीत, कला प्रदर्शनी, काला कार्यशाला, हस्तकाला प्रदर्शनी, अरिपन प्रदर्शनी, नृत्य, स्वास्थ्य शिविर, सस्तो बजार, मिथिला खानपान, रमाईलो मेला र नगर स्तरीय क्रिकेट प्रतियोगिता गर्ने भएको छ । महोत्सवमा कला क्षेत्रका लोकप्रीय वरिष्ठ गायकहरुमा गुरुदेव कामैत, धिरेन्द्र प्रेमर्शी, राज कुमार यादब, डा. अभाष लाभ, रुपा झा, संजय यादब, प्रिती झा, अन्जु यादब, दिपक शर्मा, शावण कुमार, कमल मण्डल, सानु माया यादब, श्याम सुन्दर यादब, ज्योती प्रकाश, अस्मीन राज भण्डारी, राजन पन्त, मिथिला देवी, विनोद गुप्ता, नर बहादुर वि.क, प्रमिला परियार, रिता मान्धर, हरिओम मेहता, प्रितम थापा, हरेराम यादब, संजित झा, पुनम दास, र रन्जु यादब लगायतका कलाकारहररु आउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

कालोपट्टी बाँधेर स्थानीय तहको कर्मचारीहरुले गरे कामकाज ठप्प

सुखीपुर समाचारदातासुखीपुर (सिरहा) / स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधम

अध्यादेशविरुद्ध कर्मचारीहरुले आफनै कार्यालयको मुलगेटमा धर्ना

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / सरकारले हालै जारी गरेको कर्मचारी समायोजन अध्यादेशविरुद्ध स्थानीय तह कर्

मिशन मधेशमा कसिसले सुपर छवी प्रस्तुत गर्दैछीन्

लहान,  । विगतमा भएको शोषण दमन र मधेश आन्दोलनलाई समेटिएर चित्रण गर्दै निर्माणमा रहेको मिशन मधेशको फाइट र क

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६