विष्णु महायज्ञ सुखीपुरको उपमेयर साहद्वारा उद्घाटन

  • प्रकाशित मितिः चैत्र 20, 2074
  • मधेश स्पेशल
  • 194 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा, २० चैत / सिरहाको सुखीपुर नगरपालिका ८ स्थित श्री रामजानकी मन्दिर सुखीपुरको प्राङगनमा शुरु भएको विष्णु महायज्ञको सुखीपुर नगरपालिकाका उप मेयर रेणु देवी साहले उद्घाटन गर्नु भएको छ ।
आज मंगलबार देखी सुरु भएको दश दिने श्री श्री १०८ श्री विष्णु महायज्ञको उपमेयर साहले प्रमुख मण्डपको मूल प्रवेशद्धारको रिबन काटी र प्रथम विधी विद्धान अनुसार पुजागरी उद्घाटन गर्नुभएको हो ।
उदघाटन गर्दै उप मेयर साहले महायज्ञले समजमा धर्म, संस्कृती एवं आध्यात्मिक चेतना जगाउन सहयोग पुर्याउने बताउनु भयो । चैत ३० गते सम्म संचालन हुने उक्त महायज्ञमा उत्तर प्रदेश त्रिकुट भारतकी साधवी अनिता भारतीले संगीतमय कथा बाचन गरिने भएकोले सम्पुर्ण नगरवासीलाई यज्ञमा सहभागी भई सहयोग समेत गरिदिन हुन उहाँले अग्रह गर्नुभयो ।
९ मण्डलीय सीता राम जप, १० दिन सम्म प्रवचन, भवन घरमा हवन र विभिन्न प्रकारको मुर्तीहरु रहेको छ । यो विष्णु महायज्ञले विश्वभरमा अमन चयन बढने र सुखीपुरको महायज्ञले यस क्षेत्रका जनसमुदायलाई सीतारामको ध्वनी मार्फत धर्मप्रति अस्था र यज्ञको आम्दानीले विकाशात्म कार्य गर्ने कार्य रहेको विष्णु महायज्ञ समितिको संयोजक बासुदेब चौधरी दासले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६