सुखीपुरमा विशाल कलश यात्रा

  • प्रकाशित मितिः चैत्र 19, 2074
  • मधेश स्पेशल
  • 303 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर / सिरहाको सुखीपुर नगरपालिकामा विष्णु महायज्ञको अवसरमा बिशाल कलश यात्रा निकालिएको छ । सुखीपुरमा रहेको श्री रामजानकी मन्दिरको प्राङगढबाट आज सोमबार ९ बजे करिब हजारौंको संख्यामा बाजागाजासहित निकालिएको कलश यात्राले नगरका बिभिन्न भागको परिक्रमा गदै गागैन खोलामा जलभरेर यज्ञमा स्थापित गरिइएको छ ।
कलशयात्रामा स्थानीय विभिन्न विद्यालयका विद्यार्थीहरु, भजन कीर्तन समूहका प्रतिनिधिहरु, संघ–संस्थाका प्रतिनिधिहरु, धार्मिक व्यक्तिहरु, गुरुजन, साधु सन्त लगायत सर्वसाधारणको व्यापक सहभागिता भएको हुँदा धर्म र संस्कृतिको विकास गरी सबैलाई धार्मिक कार्यमा सहभागी गराएर मुलुकको पहिचानलाई समेत उच्च राख्ने स्थानीय समाजसेवी अर्थ समितीको सहयोगी रतनेश चौधरी बताउनुभयो ।
बृहत् रुपमा आयोजना गर्ने लक्ष्य राखिएको विष्णु महायज्ञमा सीताराम नाम जप नाम र मन्त्रद्वारा होम गरिने । “ सदियौ देखि रहेको रामजानकी मन्दिरको निर्माण कार्य अहिलेसम्म मन्दिरका विभिन्न काम गर्न सकिएको छैन । संकलित रकमबाट हामीले हाल निमार्ण प्रक्रियामा रहेको अधुरो काम पुरा गर्ने लक्ष्य राखेको छौ भने त्यसबाहेक धर्मशाला तथा छठी घाट निर्माण गर्ने गूरुयोजना अनुसारका कार्य गर्ने राजापाका नेता तथा यज्ञ समितिको सल्लाहकार राम बहादुर महतो बताउनुभयो
यज्ञको पहिलो दिन यर्थात आज चैत १९ गते सोमबार कलश यात्रा परिक्रमा गरिएको छ । कार्यक्रममा यज्ञभरी प्रवचन , रासलिला , सीताराम नाम जप, यज्ञ अग्नी कुण्ड , बालबालिकाको लागि विभिन्न किसिमको मनोरंजनात्मक राम झुला लगायतको रहेको यज्ञ अर्थ समितीको संयोजक लक्ष्मण साहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६