सुखीपुरमा हुने विष्णु महायज्ञको सम्पूर्ण तयारी अन्तिम चरणमा

  • प्रकाशित मितिः चैत्र 17, 2074
  • मधेश स्पेशल
  • 209 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा), १७ चैत / सिरहाको दक्षिणवत्ती सुखीपुर नगरपालिका ८  स्थित श्री रामजानकी मन्दिर सुखीपुरको प्राङ्गनमा १९ गते सोमबार देखि श्री श्री १०८ श्री विष्णु महायज्ञ हुने भएको छ । यज्ञको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको मेला आयोजक मूल समारोह समितिका सदस्य सत्य नरायण मण्डलले जानकारी दिए ।
“ सदियौ देखि रहेको रामजानकी मन्दिरको निर्माण कार्य अहिलेसम्म मन्दिरका विभिन्न काम गर्न सकिएको छैन । संकलित रकमबाट हामीले हाल निमार्ण प्रक्रियामा रहेको अधुरो काम पुरा गर्ने लक्ष्य राखेको छौ भने त्यसबाहेक धर्मशाला तथा छठी घाट निर्माण गर्ने गूरुयोजना अनुसारका कार्यहरु रहेका छन्,” सल्लाहकार राम बहादुर महतोले भने ।
यज्ञको पहिलो दिन यर्थात चैत १९ गते सोमबार कलश यात्रा परिक्रमागरी यज्ञको शुरुवात गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा यज्ञभरी प्रवचन , सीताराम नाम जप, यज्ञ अग्नी कुण्ड , बालबालिकाको लागि विभिन्न किसिमको मनोरंजनात्मक राम झुला लगायतको रहेको यज्ञ समितिको संयोजक बासुदेब चौधरी दासले बताउनुभयो ।
उहाँले थप्दै भने –“ ९ मण्डलीय सीता राम जप, १० दिन सम्म प्रवचन, १ हवन र विभिन्न प्रकारको मुर्तीहरु रहने छन् । यो विष्णु महायज्ञले विश्वभरमा अमन चयन बढने र सुखीपुरको महायज्ञले यस क्षेत्रका जनसमुदायलाई सीतारामको ध्वनी मार्फत धर्मप्रति अस्था बढने उदेश्य रहेको छ । ”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६