सिरहाको ऐतिहासिक पतारी पोखरीको शिल्यानास

  • प्रकाशित मितिः चैत्र 16, 2074
  • मधेश स्पेशल
  • 346 पटक पढिएको

कृष्ण मोहन चौधरी
सिरहा / सिरहा जिल्लाको ऐतिहासिक धार्मिक स्थल पतारी पोखरीको प्रदेश नं २ को आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले शुक्रबार सिल्यानास गर्नुभएको छ ।
लक्ष्मीपुर पतारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र कुमार महतका अनुसार गाउँ पालिकाको प्राङगनमा एक कार्यक्रम आयोजना गरि सास्कृतिक कार्यक्रमका साथ सम्पन्न गरेको छ। धार्मिक पर्यटककिय स्थल आकर्षण क्षेत्रको रुपमा विकासमा प्रमुख प्राथमिकताको रुपमा राखिएको समेत बताए।

गाँउपालिका प्रमुख राम वल्लभ साहको अघ्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी विजय कुमार यादव विशिष्ट अतिथीमा कृषि मन्त्री योगेन्द्र यादव ,प्रदेश सदस्य सुनिता देवाी राम ,पूर्व मन्त्री राजलाल यादव , राज कुमार गुप्ता राजु रहेका थियो भने अतिथिमा केन्द्रीय तथा जिल्ला स्तरिय नेता तथा स्थानियहरुको व्यापक उपस्थितिमा सम्पन्न गरिएको छ।
पतारी पोखरी जिर्णोधार तथा स्तर मन्दिर निर्माणका लागि आर्थिक बर्ष ०७४र७५ गाउँसभाबाट १ करोड ५० लाख विनियोजन गरेको छ ।
पोखरीलाई पर्यटकिय शौन्दर्य बढाउनका लागि पोखरीको बिचमा मन्दिर निर्माण , पोखरीको चारै डिलमा रोड , पार्क , महिला पुरुषका लागि शौचालय , सामुदायिक भवन , मिट्ङि हल तथा चारै तिर घाट निर्माण गरिने योजना रहेको जानकारी योजना शाखाले जानकारी गराए ।
पतारीमा प्रत्येक बर्ष बैशाख २ गते भव्य मेला लाग्ने गर्दछ । उक्त मेलामा नेपाल तथा भारतका हजारौ भक्तजनहरुको धुईचो लाग्ने गर्दछ । र ऐतिहासिक गोहाइर पश्चात निसन्तान महिलाहरु पोखरीमा स्नान डुब्कि लगाउँदा महिलाले माछा ,भ्यागुता लगायतका सामग्री भेटिएपछि सन्तान प्राप्ति हुने जन बिश्वास रहेको छ । र सलहेश गथा संग समेत जोडिएको र बैशाख १ गते शल्हेश फुलबारी ९फुलबाईर मेला० तथा २ गते पतारी९पताईर मेला ० नामले प्रख्यात धार्मिक स्थलको रुपमा पतारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

शिक्षा सेवामा सोधिने सम्भावित प्रश्नहरुको संगालो

 डि.एन. यादबशैक्षिक जनशक्ति तालिम निति कहिले बनेको हो ?– २०६२माध्यमिक शिक्षा पाठ्यक्रम ढाचा २०६४ अनुसा

सबैजसो क्षेत्र राजनीतिबाट प्रभावित

सुरेन्द्र साहठूलो भएपछि के बन्छौ ?श्र कसैले सोध्यो भने धेरैको जवाफ हुन्छ , डाक्टर, इन्जिनियर, पायलट समाजसे

सुखीपुरकी सानुमैयाको गीत सुनेर सबैको मन मोहित

    1 मोहे रंग दो लाल मोहे रंग दो लाल नंद के लाल लाल छेड़ो नहीं बस रंग दो लाल मोहे रंग दो लालदेखूं

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६