भाण्टाबारीमा ट्राफिक प्रहरी सवारी चालकसँग अबैध रकम असुल्दै

  • प्रकाशित मितिः चैत्र 16, 2074
  • दिपेन्द्र यादब
  • 123 पटक पढिएको

दिपेन्द्र यादब
इनरुवा , १६ चैती   / पूर्व पश्चिम लोकमार्ग अन्तरगत भाण्टाबारी क्षेत्रमा ट्राफिक नियम विपरित कुद्ने सवारी साधनका चालकहरुबाट अबैध रुपमा ट्राफिक प्रहरीले रकम लिने गरेको पाईएको छ । ट्राफिक प्रहरी कार्यालय भण्टाबारीमा कार्यरत्त प्रहरी हबलदार सुरेन्द्र बहरखेरले लोकमार्गबाट ट्राफिक नियम बिपरित गुड्ने सवारीका चालकहरुबाट अबैध रुपमा रकम असुल गर्ने गरेको पाईएको हो ।

ट्राफिक प्रहरी हबलदार बहरखेरले ट्राफिक नियम विपरित संचालनमा रहेका सवारी र सवारी चालकसँग जरीवानै नकाटी अबैध रुपमा रकम लिई छाड्ने गरेको समाचार श्रोतले बताएका छन् ।

ट्राफिक हबलदार बहरखेरले भारतिय नम्बर प्लेटको मोटरसाइकल, स्कार्पियो, कार लगायतका सवारीहरुको मात्र नभई नेपाली नम्बर प्लेट नम्बर भएको मोटरसाइकल चालकहरुसँग विभिन्न बहानमा जरिवाना नै नकाटी केही घुस रकम लिई छाडने गरेको स्थानीयबासीको आरोप छ ।

भारतिय सिमा क्षेत्र नजिक रहेका भिमनगर हुदै भन्टावारी बाट नेपाल भित्रिने भारतिय मोटरसाइकल र स्कार्पियो, कार चालकहरुले भन्सार कार्यालयबाट सुविधा र कर तिरे पनि अधिकाँशसँग सावारी चालक लाइसेन्स नभएपछि उनीहरुसँग जरिवनै नकाटी तिन सय देखी पाँच सय रुपैँया सम्म घुस लिई छोडने गरेको एक जना प्रत्यक्षदर्शीले बताएका छन् ।

त्यस्तै भन्टावारीका ट्राफिक प्रहरीहरुले कोशी ब्यारेज देखी कोशी काटान सम्ममा दैनिक दुई सय देखी ६ सय भन्दा बढी सवारीलाई चेक जाँच गर्छन । तर जरिवाना शुन्य बराबरकोृ असुली हुने गरेको देखिएको छ ।

ट्राफिक प्रहरीले सवारी चालकसँग सवारी चालक अनुमति पत्र, सवारीधनी प्रमाण पत्र नभएकाहरुलाई कार्वाही गर्नु भनेको कुनै गलत होइन । तर सवारी चालकहरुसँग सवारी चालक अनुमति पत्र र सवारीधनी प्रमाण पत्र नविकरण नगराएको र ट्राफिक नियम पालना नगरेको चालकलाई कार्वाही गर्नुपर्छ । ट्राफिक नियम विपरित चलाईएका सवारी चालकलाई कार्वही गरे वापत जरीवनै नगरी घुस रकम लिई छोडनु भनेको गलत कार्य भएको स्थानीयबासीले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६