उत्तर कोरियाली नेता किम बेइजिङ पुगेको अनुमान

  • प्रकाशित मितिः चैत्र 13, 2074
  • मधेश स्पेशल
  • 129 पटक पढिएको

चैत्र १३, २०७४ / एजेन्सी: उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन बेइजिङ पुगेको हल्ला फैलिएको छ। अघोषित रुपमा एक उच्च उत्तर कोरियाली नेता बेइजिङ पुगेको समाचार बाहिरिएपछि ती नेता अरु नभएर किम नै हुन् भन्ने अनुमान चल्न थालेका हुन्।

सबैभन्दा पहिले जापानी सञ्चारमाध्यहरुले उत्तर कोरियाली उच्चाधिकारी रेल चढेर बेइजिङ पुगेको समाचार प्रकाशन गरेका थिए।

दक्षिण कोरियाले ती अधिकारीको आधिकारिक जानकारी आफूलाई नभएको बताएपनि यो घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ।

चीन र उत्तर कोरियाले यस विषयमा केही बताएका छैनन्।

बेइजिङमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। सहरका केही हिस्सामा ट्राफिक बन्द गरिएको छ।

यदि किम बेइजिङ पुगेका हुन् भने यो उनले सन् २०११ मा सत्ता सम्हालेयता पहिलो विदेश भ्रमण हुनेछ।

दक्षिण कोरियाली तथा अमेरिकी राष्ट्रपतिहरुसँग छुट्टाछुट्टै शिखर वार्ता हुनुअघि उनको चीन भ्रमणलाई महत्वका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अवैध रुपमा उत्पादन भइरहेको घरेलु मदिरा नष्ट

रोयाण्टर मण्डललहान / प्रहरीले अवैध रुपमा उत्पादन भइरहेको घरेलु मदिरा नष्ट गरेको छ । बिहीबार लहान नगरपालि

योगदानलाई नेपाली कांग्रेस नबिर्सिने : उपसभापति नीधि

राजन कुमार सिंह जनकपुर / २००७ सालदेखि नेपाली कांग्रेसको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय क्रियाशिल सदस्

नापी शाखा कार्यालय घर खाली गर्न अल्टीमेटम

नेहाल खान बिरगंज / विर्ता वडा नं.४ स्थीत रहेको श्यामबाबु पटेल की श्रमिती सिमा पटेलको नाउमा रहेको घरमा नापी

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६