सिरहामा अशुद्ध पानी बेचेर मानिसको स्वास्थ संग खेलवाड

  • प्रकाशित मितिः चैत्र 13, 2074
  • मधेश स्पेशल
  • 212 पटक पढिएको

चैत्र १३, २०७४ / सिरहा: सिरहामा शुद्ध पिउने पानीको नाममा प्रशोधन गरी विभिन्न नामका बोतल तथा जार बजारमा सर्वत अशुद्ध पानी बेचेर मानिसको स्वास्थ संग खेलवाड गरिरहेका छन ।

सिरहा नगरपालिका ८ महिसोथा र चन्द्रलालपुर १ सिरहामा रहेको सगरमाथा आक्वा र आनन्द जल शुद्ध पानीको नाममा अशुद्ध पानी बेचने काम गरिरहेका पाइएको छ ।
सिरहा नगरपालिका ८ स्थित सगरमाथा आक्वाले आ।व। २०७१÷०७२ देखि नेपाल सरकारबाट पानी प्रशोधन गरी शुद्ध पिउने पानी बेच्ने ईजाजत नम्वर ५७७२ लिई हाल सम्म पानी बेच्दै आएको छन् ।

सिरहा सदरमुकाम स्थित जिल्ला अस्पताल अगाडी रहेको पान पसलमा सगरमाथा आक्वाको बोतलमा परालको टुक्रा फेला परेको छ । जल उत्पादन कम्पनी तथा डिस्टिबुटरहरु मान्छेको जीवन संग खेलवाड गरिरहेका छन । यसको अनुगमन गर्ने निकाय जिल्ला प्रशासन कार्यालय सिरहा, घरेलु तथा साना उधोग, लहान लगायतका निकायहरु निस्कृय भएको सिरहा उधोग बाणिज्य संघ सिरहाका सदस्य शम्भु साहले बताएका छन् ।

सगरमाथा आक्वा उधोगको प्रोपराइटर मिथलेश यादबका अनुसार मान्छेले मेनीवल गर्दा कहिले काही मिस्टेक भइहाल्छ भनी बताए । यता जिल्ला प्रशासन कार्यालय सिरहाका निमिति प्रमुख जिल्ला अधिकारी सोम प्रसाद भट्टराइका अनुसार आफूहरु केही दिन देखि कार्यव्यस्तताको कारणले बजार अनुगमन गर्न नसकेको र अहिले एसईई परीक्षा चलिरहरेको हुदाँ परक्षा पछि अनुगमन गर्ने भनी बताएका छन् ।

त्यस्तै केही दिन अगाडि सिरहा चन्द्रलालपुर १ सिरहामा रहेको आनन्द जलको पानीमा मिर्चैया स्थित रहेका राहुल होटल एण्ड गेस्ट हाउसमा दुई वटा बोतलमा बयरको फल फेला परेको थियो ।

यसरी बारम्बार अशुद्धपानी बजारमा भेटे समाचार बारम्बार विभिन्न समाचार माध्यममा आइरहदा पनि अनुगमन गर्ने निकाय निस्कृय भएको देखेर सिरहाली बासी चकित भएका छन् र भन्न थालेका छन कि अनुगमन निकायको मेलोमतोमा यस्ता उत्पादकहरु आम उपभोक्ताको जिवनसँग खेलवाड गरिरहेकाछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६