लाहानमा शक्तिशाली बम बिस्फोट, ८ जना घाईते ६ जनाको अवस्था गम्भीर

  • प्रकाशित मितिः चैत्र 9, 2074
  • मनोज बनैता
  • 184 पटक पढिएको

मनोज बनैता
लहान ९ चैत्र । सिराहाकाे लहान बजार स्थित एक सुनचाँदी पसलमा शक्तिशाली बम बिस्फोट भएको छ । सुनचाँदी को लागि अति ब्यस्त ब्यापारीक बजार मानिने दुर्गा मन्दिर को पश्चिम् पट्टी रहेको विकास ट्रेडर्स मा कुकर बम बिस्फोट भएको छ ।

दिउसो करिब एक बजे भएको उक्त बिस्फोटमा परि जम्मा ८ जना घाइते भएका छन्। घाइते मध्ये एक जना ७ वर्षका बालक सहित ६ जनाकाे अवस्था गम्भीर रहेको छ । पसलमा अपरिचित व्यक्तिले सामान सहितकाे झोला राख्न दिएकाे र उक्त झोलामा रहेकाे सामान केही छिन पछि विष्फोट भएकाे पसलका संचालक विकास सारडाले बताए।

विष्फोटको कारण ले पसल भित्र लाखौं को क्षति भएको अनुमान गरिएको छ । विकास शारडा सहित उनका भाइ राहुल शारडा, स्टाफहरु अस्मिता चौधरी, बिनिता चौधरी त्यसैगरी मझौरा घर भएको एक ग्राहक सिकिन्द्र यादवका ७ वर्ष का छोरा सतिस यादब र पत्नी देव कुमारी यादब को उपचार सप्तरिशी अस्पताल मा भईरहेको छ। त्यसैगरी माधोपुर का बबिता यादब र सप्तरी सुरुङ्गा नगरपालिका ६ का मोनिका देवी राम को उपचार लाहान स्थित रा. उ. मु अस्पतालमा भईरहेको छ । प्रहरी श्रोत को अनुसार उक्त घटनाको न्यायीक अनुसन्धान भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६