पत्रकार आएपछि पोल खुल्ने डरले परीक्षा केन्द्रमा पत्रकारलाई प्रबेशमा रोक , ब्रहमलुटको खुलासा , फलाईप देखि समाजिक संजालसम्मको प्रयोग

  • प्रकाशित मितिः चैत्र 9, 2074
  • मधेश स्पेशल
  • 228 पटक पढिएको

रोयण्टर मण्डल
सिरहा, ८ चैत / परीक्षामा पत्रकार आएपछि पोल खुल्ने डरले माध्यमिक शिक्षा परीक्षा -एसईई- परीक्षा केन्द्रमा पत्रकारलाई प्रबेशमा रोक लगाएको छ । सिरहाका परीक्षा केन्द्रका प्रमुखहरुलाई माध्यमिक शिक्षा परीक्षा समितिकै निर्देशनमा पत्रकारहरुलाई प्रवेश गर्न नदिई समाचार संकलन गर्नमा रोक लगाएको भन्दै नेपाल पत्रकार महासंघ सिरहा शाखाले आज प्रेस विज्ञप्ती प्रकाशित गरी यस्ता कार्यलाई घोर निन्दा गरेको छ । आज पहिलो दिन संचालन भएको परिक्षाको समाचार संकलन गर्न पुगेका संचारकर्मीहरुलाई जिल्लाका बिभिन्न परिक्षा केन्द्रहरुमा केन्द्राध्यक्षहरुले रोक लगाईएकोले रकमको मोलतोलबाट मिलाई परिक्षालाई अमर्यादित बनाईएको नेपाल पत्रकार महासंघ सिरहा शाखाको अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताका हस्ताक्षर रहेको विज्ञप्तीमा उल्लेख रहेका छन् । पत्रकारलाई समाचार संकलन गर्न रोक लगाउने माध्यमिक शिक्षा परीक्षा ९एसईई० समिति माथि नै प्रश्न चिन्ह उठन थालि सकेका छन् । सिरहामा प्रत्येक वर्ष परीक्षाको नाममा लाखौ रुपैयाँको चलखेल हुने गरेकोले यसपालि पनि निजी विद्यालयका विद्यार्थीलाई बोडमै लेखेर राम्रो नम्बर ल्याउने वतावरण मिलाउनका लागि एक विद्यालयबाट ५० हजार देखि १ लाख रुपैयाँ सम्मको रकम लिएको रकमको कर्तुतका पोल खुल्ने डरले पत्रकारहरुलाई प्रबेशमा रोक लगाएको एक विशेष स्रोतले जानकारी गराएका छन् । परीक्षा केन्द्रमा पत्रकारलाई समाचार संकलन गर्न प्रवेशमा रोक लगाउनु भनेको लोकतन्त्र माथी नै अंकुश लगाउनु हो । लोकतन्त्रमा संचारलाई रोक लगाउनु पर्दैन किन यस्तो रोक लगाएको होला आश्चर्य लागेको छ । तर पात्रकारलाई रोक लगाउनुमा असली समाचार बाहिर नआयोस भन्दै रोक लगाउनु रहस्मय भएकोे अभिभावक संघका अध्यक्ष रामानन्द गुप्ताले बताउनुभयो । आज परीक्षा केन्द्रमा विद्यार्थीहरुले आफना अभिभावकहरुलाई प्रश्न पत्रको फोटो म्यासेन्जर मार्फत पठाए । यता आफन्तले शिक्षकसँग उत्तर लेखाई पुन पठाउने गरेको नाम नखोलिदिने शर्तमा शिक्षकले बताउनुभयो । उहाँले भने – त्यती मात्रै होईन । सामुदायिक स्कुलका शिक्षकहरुले पनि परीक्षा सेन्टरको नामा विद्यार्थीहरुसगँ १ हजार रुपैयाँ देखि ३ हजार रुपैयाँ सम्म असुली गरेको छ । सो रकमको पचास प्रतिशत रकम परीक्षा समितिलाई पठाएको छ भने बाकी रकम अधारभुत शिक्षकको नाममा माध्यमिक तहका शिक्षकलाई गार्डमा खटाई बोर्डमा लेखन लगाउनेलाई रकम बाडफाड र बाकी रहेको रकम विद्यालयका सम्पुर्ण शिक्षकले परीक्षाभरी मिठो खाने परिकारको ब्याबस्थामा खर्च गर्ने गर्छन् । पत्रकारलाई अनुगमनमा रोक लगाएको विषयमा जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोसंग फोन मार्फत पत्रकारलाई समाचार संकलनमा रोक लगाउनुको कारण शोध्दा उहाँले आफु अहिले यस बारे केही नबोल्ने बताउनुभयो । अमर्यादित तरिकाबाट परीक्षा सञ्चालन गरेको भन्दै लहानस्थित पशुपति आदर्श माविका परीक्षा केन्द्रका केन्द्राध्यक्ष परमेश्वर राय र ब्रह्माण गोर्छारी परीक्षा केन्द्रका केन्द्राध्यक्ष रामभजन साहलाई निष्कासन गरेका छन् तर यो भित्री कुरा फरक रहेको छ । स्रोतका अनुसार सम्झौता अनुसारको रकम नपाएपछि अमर्यादितको नाममा निष्कासन गरेको छ । जिशिअ महिन्द्र महतोले अमर्यादितहरुलाई साच्चिैकै निष्कासन गर्ने मनसाय बनाएका छन् भने पत्रकारहरुलाई समाचार संकलनमा किन रोक रु पैसा दिने सिन्टरमा अनुगमण भन्दा पहिले आउने जानकारी हुने । नाम मात्रको अनुगमण तर भनेको अनुसार रकम नदिनेलाई अमर्यादित भन्दै निष्कासन । आफनो पोल नखुलोस भन्दै पत्रकारलाई बाहिर राख्ने र आफु चोखो हु प्रमाणित गर्ने । विगतमा गरेको कार्य र हाल पोल लुकाउन पत्रकारलाई बिना कारण प्रवेशमा रोक लगाउनुलाई के भन्ने लोकतन्त्र पत्रकारको भुमिकालाई विर्सिर्ने शिक्षा अधिकारीले अमर्यादित परीक्षाको नाममा ब्रहमलुट गर्ने गरेको सुचना आई रहेको छ । यस वर्षको एसईई परीक्षामा जिल्लाका ७६ सामुदायिक र ५७ संस्थागत विद्यालयसहित १३३ विद्यालयका परीक्षामा सिरहाबाट नियमिततर्फ नौ हजार २८४ र एक्जाम्टेडतर्फ ५९३ गरी नौ हजार ८७७ परीक्षार्थी सहभागी भएको जिशिअ महतोले बताए।रासस परीक्षामा सिरहा जिल्लाबाट नियमिततर्फ ९ हजार २ सय ८४ र आंशिक तर्फ ५ सय ९३ परीक्षार्थीहरु सहभागी रहेकोमा जिल्लाका ७६ सामुदायीक र ५७ संस्थागत विद्यालय सहित एक सय ३३ विद्यालयका विद्यार्थीको सहभागीता जनाएको छ । परीक्षा सञ्चालनका लागि ३८ परीक्षा केन्द्र तोकिएका छन् । जसमध्ये ३६ केन्द्र रेगुलर विद्यार्थी र २ वटा केन्द्र एक्जामटेड विद्यार्थीका लागि रहेको छ । ३८ केन्द्राध्यक्ष, ४९ सहायक केन्द्राध्यक्ष, ४ सय १४ निरीक्षक र २ सय १५ सहयोगी गरेर सुरक्षाकर्मी बाहेक झण्डै ७ सय १६ कर्मचारी खटाइदैछ । सुरक्षा केन्द्रका लागि हरेक केन्द्रमा १५ जना सुरक्षाकर्मी खटायो तर पत्रकारलाई प्रबेशमा रोक लगाउनु रहस्मय रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६