बिपन्न समुदायमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

  • प्रकाशित मितिः चैत्र 7, 2074
  • मधेश स्पेशल
  • 150 पटक पढिएको

सुखीपुर समाचारदाता
सिरहा, ७ चैत / पुर्व क्षेत्रीय प्रहरी अस्पतार (ठाकोदेवी जोगेन्द्र भगत ) रुपनी सप्तरीको आयोजनामा निशुल्क स्वास्थय शिबिर सम्पन्न भएको छ । आज बुधवार लाहान नगरपालीका वार्ड नम्बर १ स्थित श्री माध्यमिक विद्यालय मटेर्वा लहानमा १ दिने निशुल्क स्वास्थ्य परिक्षण गराएको हो ।
शिबिरमा पुर्व क्षेत्रीय प्रहरी अस्पताल रुपनी सप्तरीका अस्पताल प्रमुख मेडिकल अधिकृत प्रा.प्र.नि. डा.श्यामकृष्ण लौडारीको नेतृत्वमा करिब महिला २४५ र पुरुष १७० गरी जम्मा ४१५ जना मुसहर,दलित र बिपन्न बर्गका सर्वसाधारणहरुको जनरल मेडिसिन सेवा,बालरोग सेवा, दन्त चिकित्सा सेवा,फार्मेसी सेवा, स्त्री तथा प्रसुती सेवा लगायतको परिक्षण गरिएको थियो ।
शिबिरमा लाहान नगरपालीकाका वडा नम्बर १,२,३ र ४ वडाका मुसहर,दलित र बिपन्न बर्गका सर्वसाधारणहरुको परिक्षण गर्दा सबैलाई निशुल्क औषधी वितरण गरिने समेत अस्पतालले जानकारी गराएको छ । शिविरमा डेन्टल अधिकृत प्रा.प्र.नि. डाक्टर ज्ञानेन्द्र चौधरी, म.क्षे.प्र.ता.के. दुधौलीका प्रा.प्र.नि.डाक्टर बिदुर प्रसाद आचार्य लगायतका स्वास्थ्यकर्मीले स्वास्थ्य परिक्षण गरी औषधी वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६