जातीय भेदभाव र छुवाछूतको अन्त्य गर्न अन्तराष्ट्रिय जातिभेद विरुद्धको दिवस

  • प्रकाशित मितिः चैत्र 7, 2074
  • छविलाल सुनार
  • 188 पटक पढिएको

छविलाल सुनार
सिरहा, ७ चैत / नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, यूरोपियन यूनियन, फिन चर्चएड, म्यागको सहयोगमा संचालित “नेपालमा जातिय विभेद विरुद्ध कार्यात्मक र साझा आजाजकालागि सहयोग परियोजना” मार्फत जिल्ला शाखा सिरहाले सखुवानन्कारकट्टि गाँउपालीका २, सोठियाईनमा ५३ औं ं अन्तराष्ट्रिय जातिभेद विरुद्धको दिवस, २१ मार्च कार्यक्रम “सबै प्रकारका जातीय भेदभाव र छुवाछूतको अन्त्य गरौं ! सामाजिक न्याय र समतामूलक समाज निर्माणमा एकजुट होऔं !!” राष्ट्रिय मुल नारा सहित सम्पन्न गरियो ।
कार्यक्रम अनौपचारीकताका साथ साझा आवाज परियोजनाका फिल्ड अधिकृत टिकाराम विश्वकर्माला संचालन गरे भने उद्देश्यामा प्रकास जिल्ला कार्यक्रम संयोजक छविलाल सुनारले पारेका थिए । दलित समुदायको अवस्था र जिल्लाको जातिय विभेद छुवाछुतको अवस्था वारेमा अध्यक्ष मोहन पासवानले प्रतिवेदन पेश गर्नु भयो । उपस्थित सरोकारवाला, सहभागिहरुबाट छलफल तथा अन्तरक्रिया पश्चात कार्यक्रमका विच “म” कुनै पनि विभेद गर्दिना ” साझा प्रतिवद्धता हस्ताक्षर संकलन गरियो ।
कार्यक्रममा उपस्थित स्थानिय शिक्षक धनविर रामले सदिउदेखी जरो गाडेर वसेको जातिय विभेद र छुवाछुत अहिले पनि जस्ताको तस्तै छ, प्रयाप्त कानुन नवन्नु, बनेका कानुन राम्रो संग कार्यान्वयन नहुनु हामि सवैकोलागि विडम्बना हो, अहिले पनि दलित वालवालिकाहरु शिक्षाको ज्योतिबाट विमुख छन् । सरकार तथा सरोकारवाला र अविभावकको ध्यान पुग्न सकेको छैन सवैको ध्यानाकर्षण गरे । अथिति राजो देवी मण्डलले दलित वालिका संरक्षण, विकास, सहभागिताको हक सुनिश्चित गदै उनिहरुमा हुने वाल विवाहलाई अन्त्यकोलागि सवै एक जुट हुन अनुरोध गरिन । अन्तमा कार्यक्रमका सभापति रिता देवी दासले कार्र्यक्रमको समिक्षा गर्र्दै धन्यवाद सहित कार्यक्रम समापन गरियो ।
कार्यक्रम पश्चात सामुहिक रुपमा तपसिलका मागहरु सार्वजनिक गरियो । दलित समुदायलाई समानुपातिक माथि थप अधिकार सुनिश्चत गर्नुपर्ने, प्रत्येक प्रदेशमा जनसंख्याको आधारमा दलित समुदायको पूर्ण समानुपातिक प्रतिनिधत्व सुनिश्चित गर्नुपर्ने, दलित माथिको सबै प्रकारको उत्पीडन र विभेद अन्त्य गर्नुपर्ने, दलित महिला माथि हुने सबैखाले उत्पीडन अन्त्य गर्नुपर्ने, मानव अधिकार, सामाजिक न्याय र समतामूलक समाजको निर्माण गर्नुपर्ने, अपाङ्गता कलस्टर भित्र दलित अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्नुपर्ने, महिला कलस्टर भित्र दलित महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, मधेसी कलस्टर भित्र मधेशी दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, मधेशी दलितमाथिको उत्पीडन अन्त्य गर्नुपर्ने, दलित समुदायको मौलिक कला संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि विशेष सांस्कृतिक नीति लागु गर्नुपर्ने, दलित समुदायको मानव अधिकारको पूर्ण सुनिश्चित गर्नुपर्ने, मुक्त हलियाको पुर्नस्थापना सुनिश्चित गर्नुपर्ने, डोम मुसहर र वादी समुदायमाथि हुने सबै प्रकारको विभेदको अन्त्य गर्नुपर्ने, वादी महिलासँग गरेको सम्झौता पूर्ण कार्यान्वयन गर्नुपर्ने, जातीय भेदभाव र छुवाछूतका अपराधीहरुलाई कडा कारवाही गर्नुपर्ने, अजित मिजार र लक्ष्मी परियार लगायतका हत्याराहरुलाई कारवाही गर्नुपर्ने, २१ जेठलाई राष्ट्रिय विदाको घोषणा गर्नुपर्ने, अन्र्तजातिय विवाहबाट विस्थापित पिडितहरुको सामाजिक सुरक्षाका साथै क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, नागरिकता विहिन दलित समुदायको नागरिकताको अधिकार सुनिश्चितता गर्नुपर्ने, दलित समुदायका लागि संविधानले व्यवस्था गरेको स्वायत्त क्षेञ, विशेष क्षेत्र र संरक्षित क्षेत्रको नीति लागू गर्नुपर्ने, राष्ट्रिय दलित आयोग अविलम्ब गठन गर्नुपर्ने, दलित विकास समिति तथा वादी विकास समिति पुनस्थापना गरिनु पर्ने जस्ता मागहरु राखिएको थियो । कार्यक्रममा सत्तरी बढिको सहभागिता थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

कलाकर्मी व्यापारीको घेरामा

मिथिला कलाको विकास, संरक्षण र प्रवद्र्धनमा लागेका कलाकार हुन् । ललितकला क्याम्पसबाट चित्रकला विषय अध्य

कलाकर्मी व्यापारीको घेरामा

मिथिला कलाको विकास, संरक्षण र प्रवद्र्धनमा लागेका कलाकार हुन् । ललितकला क्याम्पसबाट चित्रकला विषय अध्य

संविधान संसोधन नगरे आफूहरु पुनः जनविद्रोहमा जाने : उपप्रधानमन्त्री यादव

फिरोज शेख सिरहा । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष एवम् उपप्रधान स्वास्थ्थ तथा जनसंख्या मन्त्री उपेन

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६