योजनाको दिगोपन र उपलब्धिमूलक बनाउन उपभोक्तालाई तालिम

  • प्रकाशित मितिः चैत्र 7, 2074
  • रोयाण्टर मण्डल
  • 201 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा), / सुखीपुर नगरपालिकाका ४० वटा योजनाका उपभोक्ता समितिलाई तालिम दिइएको छ । योजनाको दिगोपन र उपलब्धिमूलक बनाउन उपभोक्तालाई तालिम दिइएको हो ।
सुखीपुर नगरपालिकाले वडा नम्बर ४,६,७,८ र ९ को वडा स्तरीय योजनाहरू सम्पन्न गर्न गठित उपभोत्ता समितीका पदाधीकारीहरूको लागी अभिमुखीकरण कार्यक्रममा योजनाहरू दिगो, गुणस्तरीय र समयमै पुरा गर्न ४० उपभोगता समितिका १ सय ७२ जना उपभोक्तालाई तालिम दिईएको छ ।
निर्माण गुणस्तर, मर्मत, संरक्षण र कागजातका विषयमा प्रशिक्षण दिइएको हो । हचुुवामा विकास योजना निर्माणले दिगो नहुने र बजेट मात्र सकिने परिपाटीलाई न्यूनीकरण गर्न उपभोक्तालाई तालिम दिएको र बाकी वडाका उपभोक्तालाई समेत तालिम दिने सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादबले बताउनुभयो ।
उहाँले थप्दै भने – तालिममा उपभोक्ता मितिले योजनाको बारेमा काम गर्दा कुन कुन प्रक्रियाद्वारा गर्नु पर्छ, काम गर्दा विल भरपाई फर्छौट गर्न आवश्यक पर्ने कागजातहरुको कसरी अभिलेख राख्ने, वडामा उपभोक्ता समितिहरुले गर्ने योजना छनौट प्रक्रिया कसरी पुरा हुन्छन् भन्ने सम्बन्धी कानूनी तथा प्रक्रियागत जानकारीका लागि सो तालिम आयोजना गरिएको छ ।
यहाँका उपभोक्तामा योजनालाई कसरी दिगोरूपमा प्रतिफल दिने भन्ने ज्ञान कमीका कारण अधिकांश योजना समयमा पुरा नभएपछि बजेट विकाशे कार्यहरु अधुरो रहने । एउटै योजनामा पटकपटक बजेट जाने गरेको र कार्य सम्पन्न भएता पनि कागजात मिलाउन नसकेपछि भुप्तानीमा समेत समस्याहरु देखिएको अब तालिमपछि कमी ल्याउन सकिने सुखीपुर नगरपालिकाका प्रशासकिय अधिकृत राजकुमार दासले बताउनुभयो ।
उपभोक्तालाई योजनाको डिजाइन इस्टिमेट, निर्माण कार्यको गुणस्तर नियन्त्रण, गुणस्तरीय औजार तथा समग्रीको खरिद, वित्तीय पक्ष, श्रमदान, रकम निकासा तथा व्यवस्थापन, योजनाप्रति अपनत्व, समावेशी सहभागितालगायतबारे प्रशिक्षित गरिएको र तालिम लिएका उपभोक्ताले योजनामा निकासा भएको रकमको सदुपयोग गर्ने नगरपालिकाका लेखा अधिकृत रुद्र प्रसाद सुबेदीले बताउनुभयो ।
तालिममा योजनाका अध्यक्ष, कोषाध्यक्ष, सचिव, ज्यामीलगायतलाई १ दिने उक्त तालिम दिइएको छ । यस जिल्लामा स्थानीय उपभोक्ताद्वारा निर्मित अधिकांश योजनाबाट दिगो उपलब्धि नहुने गरेको छ । सिमेन्ट, छड, काठलगायत कमसल निर्माण सामग्रीको प्रयोग र अदक्ष उपभोक्ता तथा ज्यामीले निर्माण गरेका योजनाहरु वर्ष नपुग्दै मर्मत गर्न बजेटको माग हुने गरेको समेत ईन्जिनियर डोमी यादबले बताउनुभयो ।
तालिममा प्रशिक्षण सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादब, प्रशासकिय अधिकृत राजकुमार दास, लेखा अधिकृत रुद्र प्रसाद सुबेदी र ईन्जिनियर डोमी यादबले दिनुभएको थियो ।
तस्वीर – योजनाको दिगोपन र उपलब्धिमूलक बनाउन उपभोक्तालाई प्रशिक्षण दिदै नगर प्रमुख राम औतार यादब

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन

रोयाण्टर मण्डल सिरहा / सुखीपुर संचालित १५ दिने निःशुल्क एसइइ परीक्षा तयारी कक्षा समापन गरिएको छ । नगर सुध

 सुखीपुर उद्योग ब्यपार समितिको निर्वाचन सम्पन्न

रोयाण्टर मण्डल /  विन्दे यादव सुखीपुर / सुखीपुर उद्योग ब्यपार समितिको नयाँ कार्यसमितीका लागि निर्वाचन स

सुखीपुर व्यापार समिति का चुनाव आज राजनीति उफान पर

रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सुखीपुर (सिरहा) / सुखीपुर की सबसे बड़ी व्यापारिक संस्था सुखीपुर उधोग व्याप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६