इँटाभट्टाका मजदूरमाथि गोली प्रहार

  • प्रकाशित मितिः चैत्र 6, 2074
  • मधेश स्पेशल
  • 143 पटक पढिएको

रौतहट / रौतहटस्थित एक इँटाभट्टाका मजदूरमाथि गोली प्रहार भएको छ ।
कटहरिया नगरपालिका–८ पिप्रापोखरिया गाउँ छेउ रहेको नेम इँटाभट्टाका मजदूर ५० वर्षीय रामअसिष यादवमाथि अज्ञात समूहले गए राति गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

गरुडा नगरपालिका–५ महमदपुुर घर भएका मजदूर यादव सोमबार राति इँटाभट्टामा अर्का एक मजदूरसँग सुुतिरहेका थिए । राति करीव ११ः३० बजे अज्ञात समूहले यादव माथि गोली प्रहार गरेको गरुडा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द थापाले बताए ।

मजदूर यादवको ढाडमा गोली लागेकाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल पठाइएको उनले जानकारी दिए ।

घटनामा संलग्न रहेको आशंकामा सँगै काम गर्ने एक मजदूरलाई नियन्त्रणमा लिइएको छ । घाइते मजदूुर यादव गजँडी भएकाले उसको व्यक्तिगत दुुस्मनीको कारण यस्तो घटना हुन गएको प्रहरीको प्रारम्भिक अनुुमान छ ।(रातोपाटी)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६