गैरकानुनी वित्तीय कारोबार गर्नेहरु जेल चलान

  • प्रकाशित मितिः चैत्र 5, 2074
  • मधेश स्पेशल
  • 134 पटक पढिएको

चैत्र ५, २०७४ / ईटहरी: जिल्ला अदालत सुनसरीले गैरकानुनी वित्तीय अपराध गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईवीले सुनसरीबाट पक्राउ गरी मुद्दा चलाएका मध्ये दुई जनालाई धरौटी र बाँकी सबैलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ ।

छिन्ताङदेवी ईन्भेष्टमेन्टका सञ्चालक डिल्ली आचार्य र प्रकाश आचार्यको कारोबार प्रमाणित नभएको र बिगो समेत दाबी नभएकाले उनीहरूलाई जनही साढे ६ लाखका दरले धरौटीमा छाड्ने आदेश दिएको छ । अदालतले पक्राउ परेका अन्यको हकमा भने कारोबार प्रमाणित भएको र बिगो समेत दाबी गरिएकाले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।

सिआईवीले कम्पनी रजिष्टारको कार्यालयमा ईन्भेष्टमेन्ट दर्ता गरेकै भरमा बचत सङ्कलन तथा लोन प्रवाह गरेको भेटिएपछि सुनसरी , मोरङ र झापाका विभिन्न ठाउँमा छापा मारी उनीहरूलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।

विराटनगरवाट पक्राउ परेका चौतारी ईन्भेष्टमेन्टका सञ्चालक राजु साह अदालतले मागेको २८ लाख धरौटी बुझाउन नसक्दा शुक्रवार नै जेल चलान भएका छन् । धरानबाट पक्राउ परेका हँलेसी ईन्भेष्टमेन्टका सञ्चालक चन्द्र विक र अनिता विक पनि सुनसरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका क्रममा जेल चलान भएका छन् । उनीहरूमाथि करिब ९ करोडको बिगो कायम भएको थियो ।

त्यसै गरी ईटहरीवाट पक्राउ परेका नगरपालिकाका वडासचिव समेत रहेका मनसुन ईन्भेष्टमेन्टका सञ्चालक सुनिल गुरागाई पनि अदालतको आदेशमा पुर्पक्षका क्रममा जेल चलान भएका छन् । उनीमाथि करिब डेढ करोड रुपैंया बिगो कायम गरी सिआईवीले मुद्दा चलाएको थियो ।त्यस्तै ईटहरीकै अपन ईन्भेष्टमेन्टका संचालक पनि पुर्पक्षको लागि अदालतको आदेशमा जेल चलान भएका छन् ।

त्यस्तै ईटहरीकै अर्जुन घिमीरे र अर्जुन विष्ट लगायतले चलाएको पुर्णागिरी ईन्भेष्टमेन्टको हकमा पनि अदालतले उनीहरुलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । खनारमा रहेको गृहलक्ष्मी सप्लायर्सका संचालक बाबुराम न्यौपानेको हकमा पनि अदालतले उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

यसैबिच सिआईवी मिलाउने भन्दै पैसा असुलेको अभियोगमा पक्राउ परेका नवराज मैनाली पनि अदालतले मागेको साँढे ६ लाख धरौटी बुझाउन नसक्दा जेल चलान भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६